Published On:Sunday, January 25, 2015
Posted by Tekman Shakya

क्यानका कार्यवाहक अध्यक्ष शाहको मृत्यु

१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष टीबी शाहको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार राति उपचारका क्रममा थापाको नर्भिक अस्पतालमा निधन भएको हो ।

लिभर क्यान्सर पीडित ८१ वर्षीय शाहलाई आइतबार बिहान मात्र अस्पताल भर्ना गरिएको थियो ।

वीरगन्जका शाह नेपालमा क्रिकेट भित्राउन महत्वपुर्ण योगदान गरेका छन् । उनको अन्तेष्टी भोली मात्र गरिने पारिवारीक स्रोतले बताएको छ । उनी विगत पाँच दशक देखि नेपाली क्रिकेट विकासमा लाग्दै आएका थिए ।

0 comments for "क्यानका कार्यवाहक अध्यक्ष शाहको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive