Published On:Monday, January 19, 2015
Posted by dadad
इमेल खोल्न चाहिँदैन पासवर्ड

अब
कुनै पनि साइट खोल्दा तपाईले पासवर्ड सम्भिइरहन पर्दैन केवल अनुहार देखाए
पुग्छ ।
अनुहार चिनेपछि इमेल, सामाजिक संजाल वा इन्टरनेट बैंकिङका सुरक्षित
खाता आफै खुल्छन् ।
शारीरिक
चिन्ह वा आँखाले व्यक्तिको पहिचान गर्ने बायोमेटि्रक प्रक्रियामा अब एक
नयाँ आयाम थपिएको छ । अहिलेसम्म फेस डिटेक्शन प्रविधिले आइफोन वा एन्ड्रोइड
अनलक गर्न सकिन्थ्यो ।
तर, अब यस्यो नयाँ एप ‘ट्रु की’
विकाश भएको छ, जसले पासवर्ड प्राटेक्टेड मल्टिपल वेबसाइट जस्तो इमेल, नेट
बैंकिङ अकाउन्ट आदिमा पासवर्ड नराखी फेस डिटेक्शन प्रविधि अपनाउन सकिन्छ ।
यो ‘ट्रु की’ कम्प्युटरको क्यामेराको सहयोगले फोटो क्लिक गरेर स्टोर गर्छ,
ताकि भविष्यमा यसको प्रयोग गर्न सकियोस् । जब तपाईले आफ्नो पासवर्ड
प्रोटेक्टेड वेबसाइट खोल्न चाहनुहुन्छ, यो एपले तपाईको अनुहार स्क्यान गर्छ
र आफ्नो रेकर्डसँग मिलाएर हेर्छ । अनुहार मिले साइट खुल्छ, पासवर्ड
चाहिँदैन ।
यो प्रविधि ति सबै डिभाइसमा काम गर्छ, जसमा क्यामेरा जडान गरिएको छ । जस्तो
कम्प्युटर ट्याबलेट र स्मार्टफोनको पनि पासवर्ड परिर्वतन गर्न सकिन्छ ।
‘ट्रु की’ फेब्रुअरीबाट वेबसाइटमा उपलब्ध हुनेछ ।
‘ट्रु की’ सर्भिसलाई कम्प्युटर चिपमेकर इन्टेलले विकाश गरेको हो । यो
प्रबिधि हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक प्रर्दशनीमा
सार्वजनिक गरिएको थियो ।
‘हाम्रो लक्ष्य भनेको पासवर्डलाई निर्मुल गर्नु नै हो’ इन्टेल सेक्युरिटीका
उपाध्यक्ष मार्क हकिङले भने । पछिल्ला बर्षमा कमजोर पासवर्डका कारण हजारौं
इमेल तथा सामाजिक संजालका खाता ह्याक भएका खवर आइरहेका बेला यस्तो बिकाशले
पासवर्ड चोरीको समस्या समाधान भई इन्टरनेट सेक्युरिटी मजबुद हुने उनले
बताए ।http://www.onlinekhabar.com/