Published On:Monday, January 26, 2015
Posted by Tekman Shakya

“ प्रसव पीडाको चित्कार....”

केपी अनमोल,  
धेरै बर्षको संघर्ष पश्चात म त्यो घरमा भित्रिन सफल भएकी थिए । त्यो घर पाउन   मैले कति लडाइ लडें, कति युद्ध गरे, कति सडकमा रात दिन बिताए त्यो सम्झिदा अहिले एका देशको कथा पो होकी भन्ने लाग्न थालेको छ । त्यो घर मात्रै पाउनु मेरो चाहना थिएन । 

एउटी दुलहीलाइ घरमा भित्रिसकेपछि उसबाट परिवारले धेरै आस भरोसा राखे जस्तै मबाट पनि परिवारले त्यो आस निकै ठुलो राखेका छन । म दुलही भएर त्यो घरमा छिरिसकेपछि मैले मेरो कर्तब्य बिर्सीएकी छैन ।

 मैले परिवारमा सुख शान्ती हुने काम गर्नु पर्छ, परिवारको समृद्धी र उन्नतीको लागि योजना बनाउनु पर्छ र परिवारका सासु ससुरा, देउरानी जेठानी, दाजुभाइ, छरछमेकी सबैमा माया प्रेम, मेलमिलाप हुने वातावरणको सिर्जना गर्नुपर्छ ।

मैले कसैको पनि अधिकार खोस्नु हुदैन र आफ्नो अधिकार माग्दा या प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नु पर्ने हुन्छ, जुन कुरामा म सचेत पनि छु । त्यो घर पहिलो पटक छिर्दा नै मैले कतिपय समस्याको सामना गरेकी थिए र मलाइ सुनियोजित तरिकाले हत्या गरिएको थियो । भाग्यबस यो घरमा म दोस्रो पटक भित्रिएकी छु । 

    “यो लाइ, यो घरमा राख्नु हुन्न, यो आएपछि यसले सबैलाइ एकै ठाउमा एकै परिवारमा मिसाएर बिटलो पारेकी छे, अनि सबैलाइ लौ तेरो यो अधिकार, तेरो यो अधिकार भनेर हाम्रो सम्पती बाँडेर सक्न खोज्दै छे, यसले यो परिवार नैं बरबाद बनाउछे” जस्ता भ्रामक प्रचार त्यो टोल भरी नैं फिजाइएको मैले सुन्ने गरेकी छु । तर, पनि म रत्तीभर न डगमगाइ सिंगो परिवारको भलोका लागि, उन्नती प्रगती र मुतmीका लागि त्यो घरभित्र लडिरहेकी छु, आफ्नैहरुसंग । 
घर भित्रकै कोही भन्छन् “मलाइ यो घरमा आफ्नो ठान्दै ठान्दैन्न, कोही भन्न्छन् मैले त यो घरबाट केही पाएकै छैन, कोही भन्न्छन् मलाइ त झन घर भित्रै पस्न दिदैन्न, कोही रुदै कराउदै शरिरभरि चोटै चोट लिएर अर्धमरित अवस्थामा आउछन् ‘मलाइ घरबाट निकाली दियो, तैंले दाइजो किन ल्याइनस भनेर’ म कसरि बस्नु त्यो घरमा ? म मर्छु, या यही घरमा बस्छु” उफ.....

     कहिले काँही यस्तै समस्याले मलाइ निकै चिन्तित बनाउने गर्दछ । तर, म सोच्छु अँह...‘यो घर प्राप्तीको उपलब्धिलाइ मैले रक्षा गर्नै पर्छ यो पटक त जसरि पनि । र अझ जिवन्त राखी मेरो सन्ततीलाइ अमुल्य सम्पती ठानी हस्तान्तरण गर्नै पर्छ’ । मैले परिवार भित्रको तिर्ब असन्तुष्टीलाई स्वभाविक ठानेकी छुं, र पिर संगै सचेत पनि छु उत्तिकै ! किनकी मैले यो घर ठुलो त्याग तपस्या र मेरो निकै लोप लाग्दो जवानी खर्चेर पाएकी हुँ । 

   यि सबै घर भित्रका असन्तुष्टी, बिभेद, गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याको एउटै समाधान र परिवारको समृद्धी र मुतmीको बाटो भनेको मसंगै छ, मेरै गर्भमा हुर्कि रहेको छ, जसलाइ म मेरो गर्भबाट यस पटक त जसरि पनि माघ ८ गते जन्माउने नै छु, संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको नयां संविधान । 
तर, बिडम्बना !

   म अभागीको दिनदशा नैं बिर्गेपछि कसको के नैं लाग्दो रहेछ र यहाँ ? यो घरका लागि कति सपना, कति खुसी, कति उमंग मनभरि संगालेकी थिंए । मन कति फुरुगं भएको थियो, म यसपटक त यो गर्भको मेरो मुटुको टुक्रा ‘नयां संविधान’ लाई जसरि पनि बाहिर निकालेर सबैमा हर्षको हाँसो छर्छु भनेर ।   

     तर, फेरि पनि तेहि रात, तेही बात र तेहि मंद्यमा मातेर म माथि प्रहार गरियो, मेरो गर्भ ताकेर शिशु नै मर्ने गरि आक्रमण भयो । धन्न, केहि भएन । म र मेरो शिशु घाइते अवस्थामा छौं । अझै पनि शिशुलाइ जन्माइ छोड्ने आस मनमा बोकेकै छु । शिशु जन्माउन तोकिएको त्यो मिती टरेर गएपनि म यो शिशु जन्माउन चाहन्छु । यसमा नै सबैको भलो छ । मलाइ थाहा छ, यो मेरो गर्भको शिशुलाई तोकिएकै मिती माघ ८ मा जन्माउन मेरै घरपरिवारले किन दिएन्न ?

किन त्यो आबेगको आक्रोश म माथि नै पोखे ? जसले मेरो गर्भबाट सबैको उद्धार र मुतmी पाउनका लागि नयां संविधान नामक शिशु जन्माउन उत्प्रेरित गरेका थिए । तिनीहरु नैं आज कसरि मेरो गर्भ फेरि तुहाउन सक्छन ??? अहँ,...मलाई पटक्कै विस्वास छैन, फेरि पनि कहिल्यै शिशु नजन्मिने गरि गर्भ तुहाउछन यिनीहरुले भनेर । 

मेरो गर्भको शिशु जुन नयां नेपालको संघिय लोकतान्त्रिक नयां संविधान हो । जसमा सबैले आफ्नो स्वामित्व, अस्तित्व र अधिकारको ग्यारेन्टी खोजेका छन् । नयां संविधान कसैको जित र हारबाट निमार्ण भइ जारि होस भनेर स्वयम यो आमाले चाहेकी छैन । बन्दै गरेको नयां संविधानमा सदियौ देखि पिल्सीएका र राज्यबाट अपहेलित भएको महशुस गरिरहेका जनताले आफ्नो अधिकार र न्यायको प्रष्टतासंगै राष्ट्रिय अखण्डता नयां संविधानमा खोजेका हुन । 

जो दिगो र दरिलो होस अनि हाम्रा सन्ततीले त्यसमा गर्व गरुन र हामीलाई सम्झिरहुन । तर, मैले जन्माएको शिशुकै खिलाप भोली सडकमा आन्दोलन, देशमा युद्ध निम्तीयो भने म कहाँ गएर बाटो पाउँला ? जहाँ पनि मेरो लागि अबरोध र दोसका औला ठडिने छन ।  
त्यसकारण... !

म फेरि पनि यो प्रसव पीडाबाटै मेरो घरका सबै सपरिवारका सदस्यहरुलाई बिनम्र अनुरोध गर्दछु की, 
“ मिलेर आउ, कहाँसम्म मलाइ तड्पाइ राख्छौं ? कहाँसम्म मेरो घरलाइ भताभुँग पारिराख्छौं ? र मलाइ रतmाम्य बनाइ राख्छौं ? यो मेरो गर्भबाट बाहिर आउन छटपटिरहेको शिशु जुन नयां संविधान, त्यसलाइ पुर्णरुपमा बाहिर आएर स्वतन्त्ररुपमा बाँच्न पाउने वातावरण छिट्टै तयार पार । म अझै केहि दिन यो प्रसवपिडा सहन्छु तिम्रै लागि ”............ 



0 comments for "“ प्रसव पीडाको चित्कार....”"

Leave a reply

    Popular Posts

    Blog Archive