Published On:Monday, January 26, 2015
Posted by dadad
विपक्षीलाई पनि संगै लैजाउः राष्ट्रपती
१२ माघ, काठमाडौं । राष्ट्रपति रामवरण यादवले एकीकृत नेकपा माओवादी सहित विपक्षी मोर्चालाई संगसँगै लगेर संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।
एमालेका शिर्ष नेताहरुसँगको भेटमा उनले बहुमतीइ प्रक्रियामा गएर एकीकृत माओवादी लगायत दलहरुलाई पाखा लगाउन नमिल्ने बताए ।
भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी र उसको नेतृत्वमा रहेको मोर्चामा आवद्ध दलहरुको नियत नै खराब रहेको बताए ।
अध्यक्ष ओलीसँगै राष्ट्रपती यादवलाई भेट्न उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल गएका थिए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विरोधका बाबजुत पनि संविधानसभाबाट प्रश्नावली समिति गठनको प्रस्ताव गरेपछि राजनीतिक ध्रुविकरण चुलिएको छ ।
चुलीएको राजनितिक धुर्वीकरण अन्त्यका लागिी राष्ट्रपति यादवले प्रमुख दलका बिभिन्न नेताहरुसंग भेटेर पहल अगाडी बढाएका हुन् ।