Published On:Tuesday, January 27, 2015
Posted by Unknown

शुक्रबार देखि घर नजिकै ग्यास

१४ माघ, काठमाण्डौ- ग्यास नपाएर हैरान भइरहेका काठमाडौंबासीले अब घर नजिकैनजिकै रहेको ग्यास डिपो (ग्यास पसल)  बाट ग्यास पाउने भएका छन् । सरकारले शुक्रबारदेखि काठमाडौंका उपभोक्तालाई घर नजिकैबाट सहजै ग्यास उपलब्ध गराउने गरी ‘विशेष वितरण कार्यक्रम’ चलाउने भएको छ । जसअनुसार उपत्यकालाई विभिन्न सात क्षेत्रमा छुटइएर सात दिनसम्म दिन बिराएर ग्यास वितरण गरिने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
 
घिमिरेका अनुसार शुक्रबारदेखि दुई सातासम्म प्रत्येक क्षेत्रमा दिन बिराएर सबै कम्पनीका ग्यास बाँडिनेछ। ‘अब उपभोक्ताले ग्यासका लागि भौंतारिनुपर्ने अवस्था आउने छैन’, उनले भने– ‘उपभोक्ताले सधैं खरिद गर्ने घर नजिकैको डिपोबाट आफूसँग भएको सिलिन्डरअनुसारको कम्पनीको ग्यास खरिद गर्न सक्नुहुनेछ।’


 
वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासमेतको उपस्थितिमा बुधबार मन्त्रालयमा भएको सर्वपक्षीय छलफलले तत्काललाई ग्यास अभावको समस्या टार्न ‘ग्यासको विशेष वितरण कार्यक्रम’ चलाउने निर्णय गरेको हो। यसअनुसार माघ १५ गते बानेश्वर, कोटेश्वर, बबरमहल, शंखमूल र आसपासका क्षेत्रमा रहेका ग्यास पसल ९बिक्री केन्द्र० बाट सबै कम्पनीका ग्यास पर्याप्त उपलब्ध गराइने भएको छ। त्यस्तै, माघ १७ गते पुरानो बानेश्वर, गौशाला, चावहिल, साँखु र आसपासका क्षेत्रमा ग्यास वितरण गरिनेछ। त्यसपछि अन्य पाँच क्षेत्रमा क्रमशः दिन बिराएर ग्यास वितरण गरिने प्रवक्ता घिमिरेले जानकारी दिए।
 
यसअघि सरकारले नेसनल ट्रेडिङबाट ग्यास वितरण गरेको थियो। तर, नेसनल ट्रेडिङबाट गरिएको वितरण अव्यवस्थित र उपभोक्ताका लागि असहज बनेपछि नयाँ कार्यक्रम लागू गर्ने निर्णयमा पुगिएको नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले जानकारी दिए।
 
उनका अनुसार नयाँ प्रत्येक क्षेत्रमा प्रतिदिन ५ हजार सिलिन्डरसम्म ग्यास बिक्री गर्न सकिनेछ। यसो गरेपछि तत्काललाई ग्यास अभावको समस्या टर्ने उनले बताए।
 
हाल नेपालमा दैनिक सरदर ८ सय मेट्रिक टन ग्यास आयात भइरहेको छ। यो नेपालको मागअनुसार पर्याप्त रहेको निगमले जनाएको समाचार नेपाल समाचार पत्रले छापेको छ ।


0 comments for "शुक्रबार देखि घर नजिकै ग्यास"

Leave a reply

    Popular Posts

    Blog Archive