Published On:Wednesday, January 21, 2015
Posted by Tekman Shakya

प्रधानमन्त्री कार्यालयमा मिनरल वाटर निषेध

८ माघ, काठमडौं । प्रधानमन्त्री कार्यालयमा अब मिनरल वाटर खान नपाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लागू गरेको सुधार योजनाअन्तर्गत मिनरलको सट्टा जारको पानी खानुपर्ने ब्यवस्था लागू गरिएको हो ।

यस्तै कार्यालयको खर्चमा अबदेखि कसैले खाजा खान पाउने छैनन भने मन्त्रिपरिषद् बैठकमा खाजाखर्च कटौती गरिएको छ । मुख्यसचिव तथा सचिव जोसुकैले, जस्ता कार्यक्रम गरेपनि खाजाको रुपमा चिया र विस्कुटबाहेक खुवाउने पाउनेछैनन् ।

योजनामा कसैले पनि कार्यालयका सहयोगी,माली,परिवार,सवारीचालक र कम्प्युटर अपरेटर व्यक्तिगत र घरायसी काममा प्रयोग गर्न नपाइने र गरिएको पाइए कारबाही गरिने उल्लेख छ ।

कार्यालयलाई सुशासनको नेतृत्वदायी तथा उत्कृष्ट निकायको रुपमा स्थापित गर्न आन्तरिक नियन्त्रण कार्यप्रणाली निर्देशिका जारी गर्दै सुधार योजना लागू गरिएको हो । 

मुख्यसचिव लीलामणि पौडेलको निर्देशनमा लागू गरिएको ७१ बुँदे सुधार योजनामा कार्य सञ्चालन प्रणाली,कर्मचारी व्यवस्थापन,बैठक भत्ता र व्यवस्थापन,सवारी साधनको सञ्चालन र व्यवस्थापनलगायतका विषय उल्लेख छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "प्रधानमन्त्री कार्यालयमा मिनरल वाटर निषेध"

Leave a reply

    Popular Posts

    Blog Archive