Published On:Wednesday, January 28, 2015
Posted by Tekman Shakya

कुनै पनि संसदीय समितिमा एकीकृत नेकपा माओवादी उपस्थित नहुने

१४ माघ, काठमाडौँ । एकीकृत नेकपा (माओवादी)ले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ । 

एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अहिलेको परिस्थितिका बारेमा समीक्षा हुनुका साथै सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।

एमाओवादीले थालेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सबै सभासद् आ–आफ्नो क्षेत्रका जनतामा जाने र संधिवानसभा भएका गतिविधिका बारेमा सत्ता पक्षले फैलाएका भ्रम चिर्ने निर्णय भएको एमाओवादी नेता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकले संविधानसभाका समेत कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गर्दै तत्काल फागुन १६ गतेसम्म काठमाडौँमा हुने जनप्रदर्शनको कार्यक्रम भए पनि सरकारी रबैया हेरेर थप आन्दोलन घोषणा हुने निर्णय गरेको छ । 

0 comments for "कुनै पनि संसदीय समितिमा एकीकृत नेकपा माओवादी उपस्थित नहुने "

Leave a reply

    Popular Posts

    Blog Archive