Published On:Sunday, January 25, 2015
Posted by Unknown

राष्ट्रपतिले प्रचण्डलाई यसो भने


                                                               १२ माघ, काठमाण्डौ, 
राष्ट्रपति रामवरण यादवले सहमतिको सम्भावना टरिनसकेको जनाउँदै एमाओवादी शीर्ष नेतालाई संविधानसभाको प्रक्रिया बाहिर नजान आग्रह गरेका छन् । यादवले कांग्रेस र एमालेका नेतालाई समेत सहमति जुटाई विपक्षीलाई पनि संविधान निर्माण प्रक्रियामा समाहित गराउन सुझाव दिएका छन् ।
संविधानसभामा प्रश्नावली समिति बन्ने प्रस्ताव पारित हुनुअघि राष्ट्रपतिले शीर्ष नेता र सभाध्यक्ष सुवास नेम्वाङसँग पनि कुराकानी गरेका थिए । राष्ट्रपतिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईलाई आइतबार निवासमै बोलाई संविधान बनाउने काम छाडी सडक संघर्षको बाटोमा नलाग्न आग्रह गरेका हुन् ।

'संविधानको प्रक्रिया छाडेर बाहिर बस्दा राम्रो सन्देश जाँदैन । दलहरूबीच संवादमा बसी आपसी द्वन्द्व हटाउनुपर्छ,' एमाओवादी नेताद्वयलाई दिएको सुझाव उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने । यादवले अघिल्लो दिन साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई भेटी आपसी द्वन्द्व घटाउन सुझाव दिएका थिए। कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments for "राष्ट्रपतिले प्रचण्डलाई यसो भने"

Leave a reply

    Popular Posts

    Blog Archive