Published On:Wednesday, January 21, 2015
Posted by dadad

संविधानसभाको बैठक कक्षमा १० पोका खुर्सानीको धुलो

८ माघ, काठमाडौं । संविधानसभाको बैठक कक्षमा खुर्सानीको धुलोका १० वटा पोकाहरु भेटिएको संसद सचिवालयले जनाएको छ । 

संविधानसभाको बैठक बस्नुअघि सुरक्षा जाँच गर्नेक्रममा विभिन्न स्थानमा खुर्सानीका धुलोका १० पोका फेला परेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

बैठक कक्षभित्र सीसीटीभीको व्यवस्था नभएकाले खुर्सानीको धुलो कसले लगेको भन्ने पत्ता लगाउन केही कठिनाइ भएको छ । यद्यपी अनुसन्धान भइरहेको प्रवक्ता शर्माको भनाई छ । संविधानसभा भवन प्रवेशका लागि आज सभासदहरुलाई समेत चेकजाँच गरिएको छ ।

0 comments for "संविधानसभाको बैठक कक्षमा १० पोका खुर्सानीको धुलो"

Leave a reply

    Popular Posts

    Blog Archive