Published On:Saturday, January 24, 2015
Posted by Tekman Shakya
प्रक्रियामा गए संविधानसभा कित्ताकाट हुन्छः प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबरजस्ती प्रक्रिया लाद्ने काम भए त्यहि बिन्दुबाट कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।
विवादित विषवयलाई टुङ्गोमा लाने संवाद समिति हुँदाहुँदै जबरजस्ती प्रश्नावली समिति बनाईए देश ध्रुविकरणमा जाने उनले बताए ।
एकीकृत माओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा संचारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले अझै पनि सहमतिको विकल्प नरहेको बताए । उनले भने,‘सहमतिको विकल्प छैन, बहुमतीय प्रक्रियामा गई आन्दोलनका सहयात्री दलहरुलाई छाडेर गए देश नराम्रो ध्रुविकरणमा जान्छ, संविधानसभा कित्ताकाट हुन्छ’
अध्यक्ष प्रचण्ड सहितका विपक्षी नेताहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर सहमतिका लागि दलहरुलाई १० दिनको समय दिन आग्रह गरेका छन् ।
मोर्चामा आवद्ध प्रमुख सात दलको बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवले सभाध्यक्ष नेम्वाङलाई भेटेका थिए ।
अध्यक्ष प्रचण्डले प्रक्रिया अघि बढे प्रतिवाद हुने भन्दै त्यसलाई रोक्न पुरै कोसिस गर्ने र अस्तिको भन्दा कडा प्रतिवाद हुने बताए ।