Published On:Thursday, January 22, 2015
Posted by Tekman Shakya
युवा संसदद्धारा ४ प्रदेशको नमुना संविधान जारी
काठमाडौं । युवा संसद नेपालले गठन गरेको ३०१ सदस्यीय सदस्यीय युवा संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संविधान जारी गरेको छ ।
युवा संसद नेपाल नामक संस्थाले आइतबार काठमाडौंको प्रज्ञा भवनबाट नमुना संविधान सार्वजनिक गरेको छ । संविधानको विमोचन पूर्वसभामुख दमननाथ ढुङ्गाना र पहिलो संविधानसभाका संवैधानिक समिति सभापति निलाम्बर आचार्यले गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संविधानमा नागरिकबाट बहुमतको आधारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा राजनीतिक सहमतिका आधारमा प्रान्तीय सभा र प्रतिनिधिसभाबाट राष्ट्रपति चयन गर्ने उल्लेख छ । संघीयताको विषयमा दलहरुबीच विवाद कायम रहेका बेला युवा संसदले ४ वटा प्रदेशको प्रस्ताव गरेको छ ।
सगरमाथा—मुन्धुम, बाग्मती—मिथिला, बुद्ध र खप्तड नामका प्रदेशको प्रस्ताव गरेको युवा संसदले १ सय ५ सदस्यीय प्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रियसभा तथा ३५ देखि ४५ सदस्यीय प्रान्तीय सभा गठनको अवधारणा ल्याएको छ ।
नमुना संविधान सार्वजनिक गर्दै नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले सभासदलाई युवाहरुबाट पाठ सिक्न आग्रह गरेका छन् । उनले विभिन्न जातजाति र समुदायमाथि राज्यले विभेद गरेका कारण नयाँ संविधान आवश्यक परेको भन्दै सबैको हक अधिकार सुरक्षित हुने संविधान बनाइनुपर्नेमा जोड दिए ।
संविधानविद निलाम्बर आचार्यले संविधान संशोधन गर्न सकिने दस्तावेज भएको भन्दै सहमतिको नाममा संविधान निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
युवा संसद नेपालका अध्यक्ष दिवाकर अर्यालले युवापुस्ता जतिसक्दो चाँडो संविधान जारी होस तथा मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाइयोस भन्ने पक्षमा रहेको सन्देश दिन नमुना संविधान बनाइएको बताए ।
गत साउन ३१ गते औपचारिक रुपमा गठन गरिएको युवा संविधानसभाले देशका विभिन्न भागमा स्थलगत अध्ययन तथा अनुसन्धान र संविधानविदहरुसँगको परामर्शमा नमूना संविधान तयार पारेको युवा संसद नेपालले जनाएको छ ।
दिवाकर अर्याल
महान यात्रामा निस्किदै गर्दा अनगिन्ती ब्यक्तिगत इच्छा आकाक्षाहरुलाई पाखा लागाएर समाज विकासमा तल्लिन हुनु नै मेरो जिबनको सार्थकता हो भन्ने यि युवा यतीखेर राष्ट्र प्रती गहिरो चासो र चिन्ता ब्यक्त गर्दै बिभिन्न सामाजिक तथा राजनीतिक गतिबिधीमा कृयाशिल छन ।
गत माघ ४ गते मात्र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नमुन संबिधान–२०७१ जारी गरेका यी युवा बिगत ७ बर्ष देखी मुलुक संबिधान निर्माणको नाममा संक्रमण जकडिरहेको छ । एउटा सानो देशको जिबनमा यती लामो कालखण्ड संक्रमण दुर्भाग्यपूर्ण हो भन्छन् ।
२०६४ सालमा धादिङ–ढोलाको बाराह कालिका माबिबाट प्रथम श्रेणीमा एस.एल.सी. पास गरेका उनी अहिले त्रिभुबन विश्वबिद्यालय कृतिपुरमा स्नातकोत्तर गर्दैछन । पढाईमा पनि अब्बल यी युवाको जीवनको मुख्य लक्ष्य नेपालको बिक्रित राजनीतिलाई सुधिकरण गर्नु र आफ्नो जिबनलाई पूर्णतय सामाजिक–राजनितिक बनाउनु हो । आर्थिक रुपमा सामान्य परिवारमा जन्मिएका उनी जीवनको सुरुवाती कालखण्डमा धेरै पिडासँग सिगौरी खेल्दै यहाँ सम्मको यात्रा तय गरेका हुन उनी भन्छन मेरो अतीत जती पिडादायी थियो बर्तमान लाई सुन्दर र भबिश्यलाई सामाजिक तथा राजनीतिक रुपमा सम्ब्रिध्ध बनाउनेछु।
आफुले स्नातक अध्ययन गरेको शैक्षिक सस्था रत्न राज्य लक्ष्मी क्यम्पसमा धेरै राजनीतिक अबरोधहरु खेप्दै आएका उनी आफुले गरेको रचनात्मक शैक्षिक गतिबिधीमा केही संकिर्ण सोच राख्ने समुहको सिकार समेत बेला–बेलामा हुने गरेका थिए।
आर्थिक रुपमा सामान्य परिवार भए पनी राजनीतिक रुपले यथेस्ट सहयोग र समर्थन उनले प्राप्त गरेका छन । एक दीदी तीन बहिनी र एक भाईअनी बुवा र आमा रहेको उनको परिवार सन्तुलित र खुशी छ।
उच्छ शिक्षाका लागि ईलामबाट काठमाडौं छिरेका र लामो समय देखी युवा संसदको महासचिवको भूमिका
निर्वाह गरेका अर्का युवा दुर्गा घिमिरेको जिबन कथा पनि यस्तै छ । सुरुवाती दिन देखी नै सामाजिक अभियानहरुमा कृयाशिल उनी रेडक्रश स्काउट जस्ता परोपकारी सस्थमा रही सामाजिक जीवनको परिचय बनाइ सकेका छन । मेरो यात्रा समाजको संबृद्धिसँग हो त्यो नै मेरो जीवनको लक्ष हो भन्ने यी युवा हाल त्रिभुवन विश्वाबिद्यालय कृतिपुरमा स्नातकोतर अध्ययन गर्छन् । कुशल योजनाकारको रुपमा पारीचित उनी जीवनको अधिकाँस समय सामाजिक तथा राजनीतिक सुद्धिढीकरणका लागि ब्यथित गर्ने बताउछन।
कैलाश श्रेष्ठ
यस्तै युवा सम्सदका उपादक्षका रुपमा कृयाशिल कैलाश श्रेष्ठको जीवन पनि सामाजिकिकरणमा नै छ ।
योङ हर्ट क्लबका अदक्ष समेत रहेका उनी बिभिन्न सामाजिक सेवामा कृयाशिल छन् ।
योङ हर्ट क्लबका अदक्ष समेत रहेका उनी बिभिन्न सामाजिक सेवामा कृयाशिल छन् ।