Published On:Saturday, January 31, 2015
Posted by Unknown

ओलीको भनाइप्रति भट्टराईको टिप्पणीः कागले आफ्नो नाम आफैं काढ्यो

एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्न सक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार लगाएको आरोपको प्रतिवाद गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा दिँदै भट्टराईले प्रतिवाद गरेका हुन्।

'संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओलीको मौलिक आविस्कार नभएर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पुरानै जानेमाने सिद्धान्तको भद्दा सुगा रटाइ मात्र हो,' डा. भट्टराईले भनेका छन, ‘कागले आफ्नो नाउँ आफैं काढेर सार्वसाधारणलाई काग चिन्न बेलैमा मद्दत गरेकोमा ओली महोदयलाई सबैले धन्यवाद दिनैपर्छ कि ?’

भट्टराईले ओलीको नेतृत्वमा पार्टी कसरी तीव्र गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने बेलैमा बुझ्न एमाले नेताहरुलाई आग्रहसमेत गरेका छन्।
एमाले अध्यक्ष ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादीलाई पैसामा बिक्ने पार्टी भन्दै १० अर्ब दिए आन्दोलन रोक्ने दाबी गरेका थिए।@setopati

0 comments for "ओलीको भनाइप्रति भट्टराईको टिप्पणीः कागले आफ्नो नाम आफैं काढ्यो"

Leave a reply

    Popular Posts

    Blog Archive