Published On:Thursday, January 29, 2015
Posted by Unknown

लोक गायक पशुपती शर्मा अब चलचित्रमा



धेरैको रोजाइमा पर्न सफल लोकगायक पशुपती शर्मा नेपाली कथानक चलचित्र ‘ब्रास्लेट’मा आवद्ध भएका छन् । यो चलचित्रमा उनले अभिनय गर्ने भने छैनन् । गायिका टिका पुनसँग उनले गीत गाउँने छन । केशव भट्टराईको निर्माणमा तयार हुन लागेको यो चलचित्रको निर्मल शर्मा ‘गैडा’ले निर्देशन गर्ने छन् । नायक जीवन लुईंटेलको मुख्य भूमिका रहेको यस चलचित्रमा कथाबस्तुले लोक भाका मागेको हुनाले पशुपती र टिकाको पाश्र्व गायन समावेश गर्न लागिएको हो । फागुन महिनाको अन्त्यतिर सुटिङ शुरु हुने भनिएको यो चलचित्रमा जीवन लुईटेलका साथमा पर्दामा राजनी केसी देखिने बताईएको छ । फिल्मको कथा जया ओझाले लेखेकी हुन् ।     

0 comments for "लोक गायक पशुपती शर्मा अब चलचित्रमा"

Leave a reply

    Popular Posts

    Blog Archive