Published On:Thursday, January 29, 2015
Posted by Tekman Shakya

माटोका भाँडोमा जीवन खोज्छन् गुल्मी अमरपुरका कुमाल समुदाय

संगम महत,
गुल्मी । गुल्मीको अमरपुर गाविस वडा नं. १ र २ वुल्मका स्थानियले माटाको भाडा बनाएर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा माटाको भाडा वनाउँदै आएका स्थानिलयले सरकारी सहयोगमा अहिले व्यवसायिक उत्पादन गर्न थालेका छन् । 

माटोका घैटा, हाँडी जस्ता भाँडा बनाउँदै आएका स्थानियहरुले अहिले सेरामिक्स स्थापना भएपछि आफुहरुको सिप र क्षमतालाई आर्थीक आम्दानीमा परिणत गर्न सफल भएको बताएका छन् । विषेश गरि कुमाल समुदायको वस्ति रहेको त्यस क्षेत्रमा पहिले गाउँघरको प्रयोगका लागि मात्रै उत्पादन गरिन्थ्यिो भने अहिले त्याँहाको उत्पादन सहर वजारसम्म पुग्न थालेको छ । 

स्थानिय धने कुमालले भने  पहिले बाटो थिएन राम्रो भाडा पनि वनाउन आँउदैन थ्यो तर अहिलेत राम्रो राम्रो भाँडा वनाउन सक्छु । वजार पु¥याउन पनि गाह्रो छैन आम्दानी पनि राम्रै हुन थालेको छ । तर उनिहरुले  भाडा वनाउने कच्च पदार्थको सहज उपलब्धता नहुँदा आफ्नो पेशालाई चाहेजस्तो विस्तार गर्न नसकेको गुनासो गरेका छन् । 






0 comments for "माटोका भाँडोमा जीवन खोज्छन् गुल्मी अमरपुरका कुमाल समुदाय "

Leave a reply

    Popular Posts

    Blog Archive