Published On:Friday, January 23, 2015
Posted by dadad

गजल- "यात्री"


पहाडको पोल्टोमा हासेको मेरो गाम छ ,
खोज्दै जानु ए परेबि नेपाल यसको नाम छ ।

कुहिरोको आँचल भित्र लुकामारि गर्छिन उनि ,
घन्ट शँख अन्दाज गर्नु छेउछाउमै धाम छ ।

पहेलोँ फाट नझुक्कनु नि सुनखानि ठानेर ,
अग्ला अग्ला टाकुरामा हिउको सेता डाम छ ।

परदेशि को सम्झना फुकाईदिनु झट्टै ,
रमाउलिन आमा .चिनो चिठि अनि खाम छ ।।


- भोला तिमल्सिना "यात्री"

0 comments for "गजल- "यात्री""

Leave a reply

    Popular Posts

    Blog Archive