Published On:Monday, January 26, 2015
Posted by Tekman Shakya
सुन पतितोला ४ सय रुपैयाँले सस्तियो
काठमाडौं । केहि दिनदेखि स्थिर रहेको सुनको मुल्यमा गिरावट आएको छ । नेपाली बजारमा मंगलबार सुनमा प्रतितोला ४ सय रुपैयाँले सस्तिएर कारोबार भयो ।
सस्तिएपछि छापावाला सुन प्रतितोला ५३ हजार ६ सय र तेजावी सुन प्रतितोला ५३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
गएको शुक्रबार तोलामा चार सय रुपैयाँले घटेर कारोबार भएको सुनको मूल्य हिजो र अस्ति स्थिर हरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ७ सय ४० रुपैयाँमा कारोबार भएको महासघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

