Published On:Monday, January 26, 2015
Posted by Unknown
नेपालमा ५० हजार विदेशी कामदार !

श्रम विभागको अध्ययनअनुसार नेपालमा करिब ५० हजार विदेशी कामदार छन् । तीमध्ये अधिकांश निर्माण क्षेत्रमा छन् । सेवा क्षेत्रमा पनि विदेशी धेरै छन् । यो संख्या भारतीयबाहेकको हो । खुला सीमा, समान संस्कृति तथा रहनसहनका कारण औपचारिक क्षेत्रमा काम गर्ने भारतीय र नेपाली कामदारको अन्तर छुट्याउन सकिँदैन् ।
१० हजारको मात्र श्रम स्वीकृति
विभागका अनुसार नेपालमा कार्यरतमध्ये करिब २० प्रतिशत ९१० हजार० विदेशी कामदारले मात्र श्रमस्वीकृति लिएका छन् । कानुनतः सबै विदेशी कामदारले श्रम विभागबाट पूर्वस्वीकृति लिएरमात्र काम गर्नुपर्ने प्रावधान छ । श्रम ऐनमा कूटनीतिक सुविधा पाउने व्यक्तिबाहेक अन्य कर्मचारीरकामदारले अनिवार्य रुपमा श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।