Published On:Sunday, January 25, 2015
Posted by Tekman Shakya

फेशबुकका हिट दिल निशानी मगर

कृष्ण आचार्य, 
कतिपयले भन्ने गर्दछन्, विदेशमा बस्ने नेपालीहरुलाई देशको कुनै चिन्ता छैन । उनीहरु देशको कुनै बास्ता गर्दैनन् ।

तर यो कुरा धेरै नेपालीहरुको लागि गलत सावित हुन्छ । यस्तै एउटा पात्र हुन दिल निशानी मगर । जो देशको बारेमा धेरै सोचिरहन्छ, वदेशको भुमिमा काम गर्दै गर्दाको अबस्थामा पनि ।

लामो समय सञ्चार क्षेत्रमा विताएका बागलुङका दिल निशानी मगर हाल रोजगारीको शिलशिलामा विदेशमा छन् ।

तर उनलाई देश प्रति भएको चिन्ता देख्दा लाग्छ, उनी संविधान सभा भित्रै छन, नेपाली परिवेशामै छन् । बागलुङ हुँदा स्थानीय रेडियोमा गीति कथाको कार्यक्रम चलाउने दिल निशानीले त्यहाँका स्थानीय पत्र पत्रिकामा समेत स्तम्भ लेख्ने गर्दथे ।

माओवादी युद्धलाई नजिकबाट बुझेका दिल निशानी मगर यहि विषयमा धेरै पटक आफ्नो धारणा समेत व्यक्त गरिसकेका छन । साथै उनले माओवादीका केहि नेताले बाटो विराएर जनता सँग गरेका बाचा भुलेको हुँदा आज यो अबस्थामा पुगिएको बताउछन ।
बागलुङ हुँदा क्रान्तिकारी पत्रकार सँघ सँग आवद्ध निशानीले युद्धकाल र माओवादीलाई नजिकबाट बुझेका मात्र छैनन्, भोगेका पनि हुन ।

झट्ट हेर्दा यतिका विषयमा के ज्ञान होला जस्तो देखिने दिल निशानीका हरेक विचारहरु समसामयीक र नेताहरु प्रति कटाक्ष गरिएका हुन्छन् । लेखन क्षेत्र मात्र होइन साहित्य क्षेत्रमा पनि राम्रो प्रतिभा भएका दिलका धेरै कविताहरु पुरस्कृत हुने खालका मात्र छैनन्, सबैको मनमुटु छुने खालका समेत हुन्छन । उनले व्यक्त गर्ने विचार नेपालका विभिन्न पत्रपत्रिकाले समेत प्रकाशित गर्ने गरेका छन ।

राष्ट्रिय स्तरको अनलाईन सेतोपाटीमा समेत आफ्नो विचार प्रस्तुत गर्दै आएका दिलले कुनै पनि राजनितिक दललाई बाँकी नराखी भण्डाफोर गर्दछन । यसो त विदेशमा हुने धेरै नेपालीलाई नेपालको अति नै माया हुन्छ । त्यस माथी राजनितिक रुपमा दिल जुन भुमिमा भए पनि आफ्नो चिन्ता पोखिरहन्छन् र खवरदारी समेत गरिरहन्छन ।

उनले फेशबुकमा पोष्ट गर्ने हरेक विचारको तिव्र रुपमा लाइन र प्रतिक्रिया आउने गर्दछन् । सामान्य परिवारमा जन्मीएका दिल निसानीले यो स्तरको विचार पोख्लान् जस्तो आफुहरुलाई नलागेको उनका केहि साथीहरुले बताउने गरेका छन ।

लेखनमा समेत राम्रो दख्खल राख्ने दिल निशानी मगर आफुले फेसबुकमा पोष्ट गर्ने दमदार विचारकै कारणले फ्लो गर्ने र साथीहरु पनि धेरै बनाएका छन । कहिले काँही हावादारी लाग्ने कुरा समेत पोष्ट गर्ने निशानीले कहिले काँही थोरै शव्दमा धेरै कुरा पुग्ने किसिमको विचार समेत व्यक्त गर्ने गर्दछन ।

0 comments for "फेशबुकका हिट दिल निशानी मगर"

Leave a reply

    Popular Posts

    Blog Archive