Published On:Sunday, January 25, 2015
Posted by Unknown
नेपाल डिभिजन १ मा !
१२ माघ, काठमाण्डौ, विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भएपनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ ।
सँगसँगै चार वर्षपछि हुने एकदिवसिय विश्वकप क्रिकेट छनोट पनि खेल्नेछ । नामिवियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको हो ।
६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष २ टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो र चौथो टोली डिभिजन २ मा यथाबत रहने र पुछारका २ टोली रेलिगेसनमा पर्ने प्रावधान थियो । आइसीसीले भने तेस्रो भएको केन्या र चौथो भएको नेपाललाई पनि डिभिजन १ को हैसियतको विश्व क्रिकेट खेल्न मौका दिने तयारी गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।