Published On:Friday, January 23, 2015
Posted by Tekman Shakya

६ सय १ सभासदविरुद्ध ठगीको मुद्धा !

१० माघ, दाङ । नेपाली जनतालाई ठगी गरेको भन्दै ६ सय एक सभासद विरुद्ध दाङका एक व्यक्तिले उजुरी गरेका छन् । 

निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय एक सभासद्ले जनतालाई ठगी गरेको भन्दै लमही नगरपालिका ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी गरेको खबर छ ।

इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन कार्यालय घोराहीमा फ्याक्स पठाई ठगीसम्बन्धी उजुरी गरेका हुन् । 

माघ ८ गते संविधान दिन्छौ भन्दै तलबभत्ता र चुनावमा ३० अर्ब रुपैयाँ सभासद्ले ठगेको आरोप खनालले लगाएका छन् । उनले ठगी गरिएको उक्त रकम असुल्न प्रशासनमा उजुरी दिएको बताए ।

‘माघ ८ मा संविधान ल्याउँछौं भनेर भ्रममा पारे । यो अवधिसम्म गरेको खर्चमा मेरो पनि केही लगानी छ,’ खनालले भने, ‘नागरिकको रुपैयाँ चुस्ने सभासद्लाई कारबाही होस् भनेर यसो गरेहो हुँ ।’ 

सभासद्ले अझै पनि संविधान बनाउँछौं भन्दै झुक्याउन सक्ने र त्यसको भ्रममा नपर्न खनालले सबैमा आग्रह गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments for "६ सय १ सभासदविरुद्ध ठगीको मुद्धा !"

Leave a reply

    Popular Posts

    Blog Archive