Published On:Thursday, January 29, 2015
Posted by Unknown
नातिको भूमिका तयार गर्दै पूर्वराजा

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको स्रोतले बतायो । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राख्नुभएको थियो ।
नयाँ संविधान बन्न नसकेको अवस्थामा र प्रतिपक्षी दलले आन्दोलन घोषणा गरी सडक सर्घषमा गएको अवस्थामा पूर्वराजाले अति निकट मानिएकाहरुसँग अति महत्वपूर्ण छलफल गरेका हुन् ।
छोरा पारस थाइल्याण्डमा बस्न थालेपछि नाति ह्रदयेन्द्रलाई सँगै लग्न थालेका पूर्वराजाले आफ्नो भूमिका नातिका लागि तयार गरिरहेका छन् । स्रोतका अनुसार निकटसँग भएको छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।