Published On:Friday, January 23, 2015
Posted by dadad

संविधान नबनेपनि पुँजबिजारमा १४ अंकको सुधार


१० माघ, काठमाडौं । राजनीतिक गतिरोध लम्बिएपछि संविधान जारी नभएपनि पुँजी बजारका लगानीकर्ताहरु यो साता निराश भएनन् । 

राजनीतिक उथलपुथलका बाबजुत पुँजी बजारमा नेप्से परिसुचक १४ अंकले बढेको छ । 

पहिलो दिनको तुलनामा १३ दशमलव ८८ अंकले बढेर अन्तिम दिन परिसुचक ९ सय ५९ दशमलव २४ अंकमा आईपुगेको छ ।

माघ ८ अघि दलीय सहमतिको विषयले प्राथमिकता पाएपछि ह्वात्तै बढेको परिसुचक माघ ८ को वरिपरी राजनीतिक गतिरोध बढेपछि कमी आएपनि समग्र नेस्सेमा भने सुधार भएको हो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६४ कम्पनीहरुको कारोबार हुँदा ३७ लाख ६६ हजार आठ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

जस अनुसार एक अर्ब ८८ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम गएको हप्ताको भन्दा ९१ दशमलव ७० प्रतिशत बढी हो ।  

गएको हप्ता १६२ कम्पनीहरुको कारोबार भएको थियो ।
यो हप्ता ४ दिन खुलेको नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा माघ ८ आउनुभन्दा केहि दिन अघि अत्याधिक कारोबार भएपछि सर्किट ब्रेक समेत लगाउनुपरेको थियो ।

0 comments for "संविधान नबनेपनि पुँजबिजारमा १४ अंकको सुधार "

Leave a reply

    Popular Posts

    Blog Archive