Published On:Monday, January 26, 2015
Posted by Unknown
एमाओवादी मोर्चाको विरोधमा बन्द लगायतका कडा कार्यक्रम छैन
१२ माघ,काठमाण्डौ,-सभामुख सुवास चन्द्र नेम्बाङको कदमविरूद्ध कडा आन्दोलनमा जाने उद्घोष गरेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले अघिल्लो पटकको जस्तो बद्द लगायतका कार्यक्रमलाई विरोध कार्यक्रममा राखेको छैन।
भण्डाफोर अभियानसहित चरणवद्ध आन्दोलनको घोषणा गरेको मोर्चाले सोमबार बैठक बसेर तीन चरणमा आन्दोलन गर्ने निर्णय गरेको छ। माघ १२ गतर्बाट सुरूहुने आन्दोलन निर्णायक चरण चैत १६ गतेबाट सुरु हुने मोर्चाले जनाएको छ।
पहिलो चरणमा सत्तारुढ दलहरु र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कदमविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ।
माघ १२ गतेदेसख २० गतेसम्म पार्टीको बैठक तथा अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ। यस्तै २१ गतेदेखि २९ गतेसम्म गाउँ, नगर र निर्वाचन क्षेत्र स्तरमा अन्तरक्रिया, भित्ते लेखनसहितका भण्डाफोर तथा खबरदारी अभियान चलाइने कार्यक्रम अगाडि सारेको छ।
फागुन १ देखि १० गतेसम्म जिल्लाहरुमा घेराउ, धर्ना, विरोधसभा गर्ने भएको छ। यसैबीच पहिलो चरणको आन्दोलनको अन्तिम दिन फागुन १६ गते काठमाडौंमा जनप्रदर्शनसहित आमसभा गर्ने निर्णय भएको बैठकमा सहभागी मोर्चाका एक सदस्यले सेतोपाटीलाई बताए।
फागुन १७ बाट सुरु हुने दोस्रो चरणको आन्दोलन पहिलो चरणको भन्दा शसक्त हुने बताइएको छ। यद्यपी उसको कस्ता प्रकृतिका कार्यक्रम गर्ने भन्नेबारे खुलाएको छैन। बन्द हड्ताल जस्ता कडा कार्यक्रम पनि मोर्चामा आन्दोलनका कार्यक्रममा समावेस छैन।
यसैबीच मोर्चाले चैत १६ गतेबाट सुरु हुने तेस्रो चरणको अन्दोलनन निर्णायक हुने बताउँदै सडकमा जाने बताएको छ।
मोर्चाको आजको बैठकमा कडा कार्यक्रमहरू सार्वजनिक नगर्नुले मोर्चा अझै पनि वार्तामा आउने आकलन गर्न सकिन्छ। यसबाट अब प्रकृयामा गएर संविधान लेख्न वार्ताको सम्भावना भएको मोर्चाको मनस्थिति देखाउँछ। @setopati