Published On:Friday, January 23, 2015
Posted by Tekman Shakya
गिरफ्तारी छल्न पारसको छलछाम
१० माघ काठमाडौं । आफूलाई प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वयुवराज पारस शाहले अनेक छलछाम गरेका थिए ।
उनले फूलबारी पुगेको प्रहरीलाई सुरुमा स्वास्थ्य कमजोर भएको भन्दै चिकित्सिक ल्याएपछि मात्रै जाने भनेर आनाकानी गरेका थिए । प्रहरीले गण्डकी अञ्चल अस्पतालका क्षेत्रीय प्रमुखलाई नै सँगै लिएर जाने र स्वास्थ्य रेखदेख गर्ने बताएपनि पारसले वकिल झिकाइदिन प्रहरीलाई आग्रह गर्यो । प्रहरीले उतिबेला पारसलाई पोखरामा वकिलको काम छैन,चितवनमै बोलाउनुस् भन्दै उनलाई कन्भिन्स गरेको थियो ।
तीनघन्टा पछि पारसले फेरि अर्को माग गरे – स्वास्थ्य ठीक नभएकाले गाडीमा जान्नँ,हेलिकोप्टरमा लैजानुपर्छ । प्रहरीले फौजदारी अभियोग लागेकालाई सरकारी खर्च गरेर लान नमिल्ने स्पष्ट पारेपछि उनले आफैंले हेलिकोप्टरको खर्च तिर्ने भन्दै हेलिकोप्टर मगाइदिन आग्रह गरेका थिए ।
काठमाडौंबाट उडेको हेलिकोप्टर रिसोर्ट परिसरमै ओर्लियो,तर पारसले अझै आनाकानी गर्न छाडेनन् । उनले प्रहरीलाई भने,‘भोकाएको छु,स्यान्डविच खान्छु ।’ प्रहरीले उनको आग्रह स्वीकार गर्यो पनि । स्यान्डविच खाइसकेपछि पारसले फेरि भने,‘थोरै भुजा पनि खान्छु ।’
भुजा आएको केही बेरपछि पारसले फेरि सावर लिन समय मागे । प्रहरीले ‘ठीक’ छ भन्यो । सावर लिएपछि चुरोट तान्दै बसिरहे । त्यसपछि पनि पारसले प्रहरीलाई घरि पख्नोस्,तपाईंलाई प्रधानमन्त्रीको फोन आउँछ भन्थे त घरि प्रधानमन्त्रीले नगरे गृहमन्त्रीले फोन गर्छन् भन्थे ।
पारसको आलटालले हैरान भएको प्रहरीले १० मिनेटभित्र कोठाबाट ननिस्किए काठाबाटै पक्राउ गर्ने चेतावनी दिएपछि पनि पारसले दुईवटा सर्त अघि सारे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।