Published On:Wednesday, January 28, 2015
Posted by Unknown

प्रधानमन्त्रीले फोन गर्दा प्रचण्डले यसो भने

१५ माघ, काठमाण्डौ- प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्ता र संवादमा र्फकन बुधवार आग्रह गरेका छन् । दाहाललाई टेलिफोन गरी प्रधानमन्त्री कोइरालाले आफूले सहमतिको अधिकतम प्रयास गर्ने भन्दै आन्दोलनतिर नलाग्न भनेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

दाहालले आफूहरु वार्ता विरोधी नभएको भन्दै सत्तापक्षले यसअघि वार्तामा नबस्ने निर्णय गरी भडाएको प्रत्युत्तर दिएका थिए ।

'पहिला तपाइहरुले नै अब वार्ता हुदैन भन्नुभयो । र, सभाध्यक्ष मार्फत प्रश्नावली समिति पनि बनाउनुभयो', दाहालको प्रत्युत्तर उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खडकाले भने-'सत्तापक्षबाट सहमतिका स्पष्ट खाका नआउन्जेल वार्तामा बस्नुको औचित्य छैन ।'

0 comments for "प्रधानमन्त्रीले फोन गर्दा प्रचण्डले यसो भने"

Leave a reply

    Popular Posts

    Blog Archive