Published On:Tuesday, January 27, 2015
Posted by Unknown
इलामको माईपोखरीमा बम भेटियो
१३ माघ, इलाम । इलामको माईपोखरीमा आज बिहान वेवारिसे अवस्थामा बम फेला परेको छ ।
स्थानीय महिलाले घाँस काट्ने क्रममा माईपोखरी–१ को चारखाँदेस्थित जुरे भन्ने स्थानमा ३६ एम ग्रिनेट भेटिएको हो ।
बम कस्ले र किन राखेको भन्ने केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ । बम फेला परेपछि उक्त स्थानका बासिन्दा त्रसित बनेका छन् । बम भेटिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय इलाममा खबर गरेका थिए ।
अहिले बम निष्क्रिय बनाउनका लागि कालीध्वज गणको बम डिस्पोजल टोली सो स्थानमा गइरहेको प्रहरीले जनाएको छ । रासस