Published On:Monday, January 19, 2015
Posted by Tekman Shakya

यसरी भयो संविधानसभाभित्रै अक्रमण (फोटो फिचर)

६ माघ, काठमाडौं । रातको १ बजेको थियो । संविधानसभाको बैठक चलिरहँदा संवाद समिति सभापति बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली बनाउन लागे । 

एकीकृत नेकपा माओवादी नेतृत्वमा विपक्षी दलका सभासदहरु रोष्टमतर्फ लम्किए । त्यसपछि संविधानसभा परिणत भयो कुरुक्षेत्रमा ।

संविधानसभाको स्वरुप बदल्दै एकीकृत नेकपा माओवादी र मधेस केन्द्रीत दलका नेताहरु एकाएक आक्रमक रुपमा प्रस्तुत भए । उनीहरुले तोडफोड गर्न भ्याए । संविधान बनाउन भन्दै संविधानसभा भवन प्रवेश गरेका उनीहले कुर्सी र माईकहरु भाँचिदिए ।  आक्रमणले ३ जना मर्यादापालक समेत घाईते भएका छन् ।

दलहरुबीच सहमति र प्रक्रियाको जुहारी निक्कै लामो समयदेखि चल्दै आएको थियो । बैठकमा आफ्नो विचार लाद्ने प्रयास बढी हाबी भएपछि अवस्था तनावग्रस्त भएको हो । 
संविधानसभा भित्रै सभाध्यक्ष सुभासचन्द्र नेम्वाङ र नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण भएको छ । आक्रमणको चौतर्फी विरोध भएको छ ।
एकीकृत माओवादीले आफ्नो असली रुप देखाएको भन्दै सर्वसाधारणले सामाजिक संजालहरुमा माओवादीको खुलेर विरोध गरेका छन् ।

0 comments for "यसरी भयो संविधानसभाभित्रै अक्रमण (फोटो फिचर)"

Leave a reply

    Popular Posts

    Blog Archive