Published On:Wednesday, January 21, 2015
Posted by Unknown

मुक्तक दोहोरी























नुवाकोटकी मुक्तक मन भगवती लामा र  पुरन बियोगको मुक्तक दोहोरी यसरी सुरु हुन्छ 

पुरन बियोग
सबैको कुरा यहाँ खास गर्नु पर्छ
कसैबाट केहि पाउने आश गर्नु पर्छ
भगवती जि तपाई हामी सबै मिलेर
मुक्तकको अब बिकास गर्नु पर्छ

भगवती लामा
मुक्तकमा कुन बिषय राख्ने सोचेर भन्नु होला
धेरैले के चाहान्छन यहाँ रोजेर भन्नु होला
चिने जानेका मुक्तकिला मनहरुलाई पनि
लौन ? के गर्ने होला भनि सोधेर भन्नु होला

पुरन बियोग
दुबै मिलि साहित्यमा खुशी छरौला
मर्नु परे बरु दुबै जना संगै मरौला
ढुक्क हुनु भगबती जि म अबश्य साथ दिन्छु
कहिले देश कहिले मायाका कुरा गरौला

भगवती लामा
रोई रहेको देशको कुरा के गराई भो र
चिन्या छैन पिरतीमा के हेराई भो र
जे पर्ला मुक्तक लेखिन्छ लेख्न चाँहि
तर पुरन जि संगै के मराई भो र

पुरन बियोग
देश रोएनी हामी केहि गर्न सक्छौ
सबैको ओठमा हाँसो खुशी छर्न सक्छौ
के भर भाग्यको खेल न हो भगवती जि
संग संगै बाँच्न अनि संगै मर्न सक्छौ

भगवती लामा
जे गरे पनि देश बिगार्ने राक्षस मार्न सक्दैनौ
फर्कि न आऊ भनि सात समुन्द्र तार्न सक्दैनौ
हो बरु पिरतीको बाटो खनेर हिडौ एकैसाथ
जित होला संधै भरि कहिल्यै हार्न सक्दैनौ

पुरन बियोग
त्यो बस्तीमा गएर बाँच्नु छ हामी
संधै संगै रहेर बाँच्नु छ हामी
हुन्छ चोखो माया पिरती गाँसेर
हाँसी खुशी भएर बाँच्नु छ हामी

भगवती लामा
जहाँ पनि पिरतीको खोइरो खन्ने भेटिन्छन नि
हुंदा आफ्नो नहुंदा पराई बन्ने भेटिन्छन नि
आफ्नो गाँऊबाट निक्कलिएर बसाई सर्दा
ठुलो भाग खान गाको भन्ने भेटिन्छन नि

पुरन बियोग
म संग जे छ त्यही तिमीलाई दिँउला
तिर्खा लाग्दा पानी संग संगै पिउला
अरुले यहाँ जे गर्छन गर्न देऊ भगवती
तिमी र म संधै हाँसी खुशी जिउला

भगवती लामा
अरुको नजरबाट गिरेर बाँच्ने कसरी
बैमानीको संज्ञा भिरेर बाँच्ने कसरी
भन्नु हुन्छ हजुर माया हो सबथोक
ईष्टसँगको सम्बन्ध चिरेर बाँच्ने कसरी

पुरन बियोग
ईष्टसंगको सम्बन्ध गाँस्न सक्छौ हामी
रुने छैनौ संधै भरि हाँस्न सक्छौ हामी
आत्मबिश्वासका साथ अगी बढौ भगवती
संधै भरि खुशी भएर बाँच्न सक्छौ हामी

भगवती लामा
खोजेको जस्तो माया पाएकी छु आज मैले

बिश्वासले चोखो माया लाएकी छु आज मैले

हो अब पुरन जि धेरै सोच बिचार गरेर नै
न छोड्ने गरि हात समाएकी छु आज मैले
पुरन बियोग
हो तिमी संगै चोखो माया लाउने छु भगवती
तिम्रै साथमा हाँस्दै खेल्दै रमाउने छु भगवती
मेरै भरमा परेर अब बाटो हेरी बस्नु
तिमीलाई लिन छिट्टै आउने छु भगवती
भगवती लामा
बाटो हेर्दा हेर्दै दिन बिताउने सुरमा छु
तिम्रै तस्बिर हेरेर रात सिद्वाउने सुरमा छु
साँच्चै भन्दै छु शिरमा हात राखेर मैले
जुनि भर लाई माया टिकाउने सुरमा छु
पुरन बियोग
होनी है हतार गर्नु किन
केवल सक्छु माया दिन
म त तयार छु भगवती
भन कहिले आंऊ म लिन
भगवती लामा
साथ समुन्द्र पारीबाट आउनु गाह्रो पर्ला
काम दिने हाकिम मनाउन गाह्रो पर्ला
यही माघमा लिन आउनु मैले भन्दा खेरी
परिवार संग बसी रमाउन गाह्रो पर्ला
पुरन बियोग
तिम्रै यादमा अब गित गाउने छु
अनि सबैको मन मुटूमा छाउने छु
ढुक्क भएर बस्नु है मेरी भगवती
तिमीलाई लिन यही माघमा आउने छु
भगवती लामा
यस्तै भनि धेरै माघ खेर गाको छ नी
मन्दिरमा कसम खान अबेर भाको छ नी
उमेर बढ्या कान्छी छोरी राखिह्यो भनी
बाबालाई गाँऊ बाट दबाब आको छ नी
पुरन बियोग
अब तिमीलाई म रुन दिने छैन सानु
आँशुले आँखाहरु धुन दिने छैन सानु
जसरी नि तिमीलाई अंङ्गाल्ने छु म
बाबा आमालाई दबाब हुन दिने छैन सानु
भगवती लामा
प्रेमिल यि कुराले ढुक्क बनि बस्छु अब
अंगालोमा कसिने दिन गनी बस्छु अब
मेरो सामु गिद्दे नजर आँखा बनाउने लाई
गिज्याएर मस्किदै मनि बस्छु अब
पुरन बियोग
मेरो दिलको छेऊमा गएर बस्नु है
मन मुटूको नजिक रहेर बस्नु है
यो जुनिमा तिमी र म संगै जिउने हो
मेरै भरमा परि ढुक्क भएर भएर बस्नु है
भगवती लामा
तिम्रै घरको बाटो हिड्न मन लाछ
आमा बाबा दिदी बहिनी चिन्न मन लाछ
हाम्रो प्रेम कहानी सुनाएर सबै सबै
अब बिहेको कुरा आफै छिन्न लाछ
पुरन बियोग
बिहेको कुरा छिट्टै छिन्न पाउने छेऊ
मेरा सबै खुशी हरु किन्न पाउने छेऊ
तिमी केबल मलाई साथ देऊ भगबती
दिदी बहिनी बाबा आमा चिन्न पाउने छेऊ


0 comments for "मुक्तक दोहोरी"

Leave a reply

    Popular Posts

    Blog Archive