Published On:Friday, January 23, 2015
Posted by dadad
सन्तोषजनक छैन सुनको कारोबार
१० माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको कारोबार सन्तोषजनक नरहेको बताएको छ ।
नेपालीको व्यक्तिगत आयमा गिरावट आएसँगै विवाहको सिजनमा समेत सुनचाँदीको कारोबार घटेको महासंघको भनाई छ ।
गएको वर्षको तुलनामा यो वर्षको यहि समयमा करीब ६५ प्रतिशत मात्रै सुनचाँदीको खपत भएकोे छ । गएको वर्ष माघ महिनामा प्रतिदिन २५ किलो सुन खपत हुने गरेको थियो । अहिले करीब १४ किलो मात्रै सुन खपत हुन पनि मुस्किल छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो सुनमा होल्डिङ र ईन्सोरेन्स चार्ज थप्दै गएकाले सुन खपतमा समस्या देखिएको महासंघले जनाएको छ । समाधानका लागि महासंघ र राष्ट्रबैंकको मुल्य निर्धाण समान हुनुपर्ने महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
गएको वर्षपनि ५ वर्षको तुलनामा आधा मात्रै सुनचाँदीको कारोबार भएको थियो । यो हप्ता ८० किलो मात्रै सुनको खपत भयो ।