Published On:Tuesday, January 20, 2015
Posted by Tekman Shakya
म्यानपावरको आर्थिक कारोबार अब बैंकबाट मात्रै
७ माघ, काठमाडौं । सरकारले म्यापावर कम्पनीलाई बैंकिङ प्रणालीबाट मात्र आर्थिक कारोबार गर्न निर्देशन दिएको छ ।
बैंकिङ प्रणालीबाहिरबाट कारोबार गर्दा आर्थिक चलखेल चलेको निष्कर्षसहित अबदेखि अनिवार्य रुपमा बैंक तथा वित्तीय संस्थाबाट मात्र कारोवार गर्न निर्देशन दिइएको हो ।
यो निर्देशनपछि म्यानपावर कम्पनीले कामदारसँग बैंकिङ प्रणालीबाट मात्र रकम लिनुपर्नेछ ।
कामदारसँग तोकिएभन्दा दोब्बर बढीसम्म रकम लिएको गुनासो आउन थालेपछि सरकारले अनिवार्य रुपमा बैंक तथा वित्तीय संस्थाबाट मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले अबदेखि म्यानपावर कम्पनीले बैंकबाट मात्र कारोवार गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।