Published On:Tuesday, January 20, 2015
Posted by Tekman Shakya

अमेरीका बाट लोकदोहोरी


कृष्ण आचार्य,  
केहि समयअघि गीती एल्बम ‘हिमालको काखबाट’ बजारमा ल्याएका सर्जक केशव रिजालले फेरी अमेरीकाबाटै अर्को गीतको तयारी गरेका छन् । 

आफ्नो पहिलो लोकदोहोरी गीत धेरै स्रोताले मन पराए पछि रिजालले अर्को सांगितीक एल्वम निकाल्न हौसिएको नेपालीमाटोलाई बताए ।

अमेरीका बसोवास गर्ने रिजालले गीतको सम्पुर्ण काम भने नेपालमै हुने जानकारी दिए । 

पछिल्लो समय राम्रो सिर्जना प्रस्तुत गर्दै आएका शिव अखेली र केशव रिजालको सयुक्त शव्द सिर्जना रहेको उनको अब आउने गीतमा पनि अहिलेका चर्चित लय संकलक बसन्त थापाले संगित सिर्जना गर्ने रिजालको भनाई छ ।
धौलागिरी अञ्चलको पर्वत जिल्लामा जन्मीएका केशवले आफु जुन देशमा जस्तो अबस्थामा भए पनि आफ्नो सम्पुर्ण रगतमा नेपाल माया र नेपाल लोकदोहोरी बगिरहेको बताए । 

व्यवसायिक पाटो त्यति सवल नभइरहेको अबस्थामा पनि गीत संगितको मायाले नै आफु यो क्षेत्रमा लागेको उनको दाबी छ । 

रिजालले आफुलाई सानै उमेरदेखि नै लोकदोहोरी असाध्यै मन पर्ने भएकाले आफु यो क्षेत्रका लाग्न चाहेको बताए ।

रिजाल तिन बर्ष देखि अमेरीका बस्दै आएका छन । 

‘हुँदैन तिम्लाई केहिको अभाव हुँदैन’ नामको आगामी उनको प्रस्तुतीको लागि गीत रेकडिङको काम सुरु भइसकेको रिजालले जानकारी दिए । 


विदेशी भुमीमै रहेका सर्जन शिव अखेलीले पनि रिजालको आगामी प्रस्तुती संयुक्त रुपमा गर्न लागको बताए । 

उनका अनुसार रिजाल विदेशी भुमीमा रहेर पनि लोकदोहोरीलाई धेरै माया गर्ने सर्जक भएको बताए । 

गीत संगित बाट आम्दानी न्युन रहेको बेला बैदेशिक रोजगारको शिलशिलामा विदेश गएका लोकदोहोरीलाई माया गर्ने यस्तै सर्जकको लागानीले अहिले पनि दैनिक जसो नयाँ नयाँ गितहरु बजार आइरहेका छन । 


केशव रिजाल र ज्योति रिजाको प्रस्तुतीमा शिव अखेलीको शव्द तथा बसन्त थापाको लयमा स्रोताले मन पराउन सफल गित हिमालको काखबाटको म्युजिक भिडियो ।

0 comments for " अमेरीका बाट लोकदोहोरी "

Leave a reply

    Popular Posts

    Blog Archive