Published On:Wednesday, January 21, 2015
Posted by dadad

नेपालको राजनीतिक तनावप्रति अन्तराष्ट्रिय समूदायको चिन्ता

७ माघ, काठमाडौं । राष्ट्रसंघका आवासीय संयोजक जेम्मी म्याकगोल्डरिकले बढ्दै गरेको नेपालको राजनीतिक तनावप्रति चिन्ता व्यक्त गरेका छन् । 

म्याकगोल्डरिकले बुधबार विज्ञप्ती निकालेर सम्वाद जारी राख्न दलहरुलाई आग्रह गरे । संविधान जारी गर्ने समय माघ ८ आउन केहि घण्टा मात्रै बाँकी रहँदा दलहरुबीच सुरु भएको रस्साकस्सी प्रति अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण भएको हो ।

वृहत राष्ट्रिय स्वार्थका लागि लचकता र महत्वका साथ संवैधानिक सम्वादलाई निरन्तरता दिन पनि म्याकगोल्डरिकले आग्रह गरेका छन् ।

संविधान देशलाई सुदुर भविष्यसम्म दिशानिर्देश गर्ने दस्तावेज भएको भन्दै उनले यसको शान्तिपूर्ण कार्यान्वयनका साथै स्थिरता कायम गर्नका लागि संविधानमा नेपाली जनताको सबैभन्दा फराकिलो समर्थन आवश्यक रहेको रहेको बताए ।

हिंसा तथा हिंसाको धम्कीप्रति खेद व्यक्त गर्दै अन्तराष्ट्रिय समुदायले सबै दलहरुलाई वार्ताको टेबुलमा फर्किन आग्रह गरे ।

0 comments for "नेपालको राजनीतिक तनावप्रति अन्तराष्ट्रिय समूदायको चिन्ता"

Leave a reply

    Popular Posts

    Blog Archive