Published On:Friday, January 23, 2015
Posted by dadad

वाग्मती सफाइः कुलेश्वरबाट ४० मेटन फोहर व्यवस्थापन

१० माघ, काठमाडौँ । कुलेश्वरस्थित वाग्मती नदी तथा फलफूल मण्डी बजार आसपास क्षेत्रमा आज करिब ४० मेटन फोहर व्यवस्थापन गरिएको छ ।

मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा गत वर्ष जेठ ४ गतेदेखि जारी वाग्मती सफाइ महाअभियानको ८९ औँ शृङ्खला अन्तर्गत शनिबार निजामती सेवाका कर्मचारी  एवं काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

सो अवसरमा मुख्य सचिव पौड््यालले अभियानले गर्दा नदीमा फोहर फाल्ने काम अहिले विगतमा भन्दा केही कम भइरहेको र  अब यसलाई स्वच्छ तथा सफा राख्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

स्थानीय समाजसेवी ईश्वरचन्द्र गौतमले विगतमा विभिन्न बहानामा सो नदी आसपासका किनारमा मानवबस्ती विकास भई नदी अतिक्रमण भई समस्या बढ्दै गएकाले सो बस्तीको विकल्प खोज्नुपर्ने सुझाव दिए ।

महानगरपालिका फोहर व्यवस्थापन महाशाखाका इन्जिनियर रवीनमान श्रेष्ठले त्यस क्षेत्रमा रहेको पुरानो फोहर व्यवस्थापन गर्न जटिल भए पनि एक्साटाभेटरलगायत विभिन्न उपकरणको प्रयोग तथा विभिन्न क्षेत्रबाट भएको सहयोगले अहिले सफा र व्यवस्थित बन्दै गएको जिकिर गरे ।



0 comments for "वाग्मती सफाइः कुलेश्वरबाट ४० मेटन फोहर व्यवस्थापन"

Leave a reply

    Popular Posts

    Blog Archive