Published On:Monday, January 19, 2015
Posted by dadad

सल्यानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


सल्यान शारदा नगरपािलका वडा न ४ साहिलाकम्दमा ट्याक्टर दुर्घटना हुदाँँ आज दिउसो एक जनाको मृत्यु भएको छ । 
साइलाकम्दबाट ढुंगा बोकेर सदरमुकामा खलंगा आउदै गरेको रा १ त ९४९ न ट्याक्टर दुर्घटना हुदाँ साहिलाकम्दका – ३३ वर्षका चित्र बहादुर खत्रीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परि चालक शानपा वडा ८ का भुव बहादु बोहरा र शोही स्थानमा सहचालक भीम बहादुर विक घाइते भएका छन् ।
घाइते दुवैको जिल्ला अस्पताल खलंगामा उपचार भईरहेको छ । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0 comments for " सल्यानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive