Published On:Thursday, November 20, 2014
Posted by dadad

भुस्याहा कुकुरले टोकेको बाख्रा र भैंसीको मासु खाएपछि

४ मंसिर, नुवाकोट । नुवाकोटको सामरी गाउँ विकास समितिमा भूस्याहा कुकुरको विगिविगी वढेपछि त्यहाँका स्थानीयहरु आतंकित बनेका छन् ।

कुकुरको विगविगी र टोकाइको कारण रेविजको संक्रमण देखिएको छ । 

कुुकुरको टोकाइबाट सदरमुकाम विदुरदेखि ३० किलोमिटर दुरीको सो गाविसका १० जना भन्दा बढि सर्वसाधारण घाइते र विरामी भएका छन् । 

कुुकुरको टोकाइबाट घाइते भएकाहरूको सामरी स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पताल त्रिशूली र केही घाइतेहरू काठमाडौंसम्म पुगेर उपचार भइरहेको छ ।

तामाङ समुदायको बाक्लो बस्ती रहेको सो स्थानका केही व्यक्तिहरूले रेविज लागेको कुकुरको टोकाईबाट विरामी परेका बाख्रा तथा भैसीको मासु खाएकाले मान्छेहरूमा समेत रेविजको संक्रमणको खतरा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कुकुरको टोकाईबाट स्थानीय मानबहादुर तामाङ, पवन डंगोल, मैवलका केही स्थानीयबासीहरूसमेत कुकुरको टोकाईबाट घाइते भएका छन् ।

0 comments for "भुस्याहा कुकुरले टोकेको बाख्रा र भैंसीको मासु खाएपछि"

Leave a reply

    Popular Posts

    Blog Archive