Published On:Thursday, November 20, 2014
Posted by dadad

१ वर्ष पुग्यो त, खै संविधान ! संविधानसभा नै भंग हुन लाग्या हो ?

४ मंसिर, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको बिहीबार १ वर्ष पुरा भएको छ । 

पहिलो संविधानसभाबाट जनतामाझ संविधानको खाका समेत ल्याउन दलहरु असमर्थ भएपछि आत्मआलोचना गर्दै उनीहरुले दोस्रो संविधानसभालाई बिउँझाएका हुन् ।

 निर्वाचन भएको १ वर्ष वितिसक्दा पनि दलीय उपलब्धि भने सोचेजस्तो हुन सकेको छैन । जसका कारण फेरी पनि पहिलो संविधानसभाकै हविगत दोहोरिने आशंका पलाएको छ ।

वर्गीय मुद्धा लिएर भुमिगत जनयुद्धमा होमिएको तत्कालिन नेकपा माओवादी २०६४ साल चैत्र २८ गते भएको पहिलो संविधानसभाबाट पहिलो शक्तिमा उदय भएको थियो । त्यसपछिका राजनीतिक गतिविधिहरुमा केही आशाहरु गरिएपनि अन्ततः २०६९ सालको जेठ महिनामा त्यो मरेर गयो ।

राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, जातीय विभेदको अन्त्य लगायत महत्वपूर्ण निर्णय गर्न दलहरु सफल भएको देखिएपनि संविधानका प्रमुख विषयहरुमा भने अझै कुरा मिल्न नसक्नुले संविधानसभा नै धरापमा पर्ने देखिन्छ ।

राज्यको पुनर्संरचना, सासकिय स्वरुप र संघियताका लगायत विषयले अन्तिम रुप पाउन नसकेकै कारण पहिलो संविधानसभाले संविधान दिलाउन नसकेको हो । दोस्रो पटक कुनैपनि हालतमा संविधान जारी गर्ने बाचा सहित माघ ८ को मिती लिएर अघि बढेका दलहरुले दोस्रो संविधानसभालाई पनि बेअर्थ बनाउने सम्भावना बढेको छ । दोस्रो संविधानसभाको निर्वाचन २०७० साल मंसिर ४ गते सम्पन्न भएको थियो ।

पहिलो संविधानसभामा पहिलो शक्तिका रुपमा ल्याएको एकीकृत माओवादीलाई दोस्रो संविधानसभाले तेस्रो शक्तिमा झारिदिएको छ । विगतमा पनि संविधानका यीनै प्रमुख विवादीत विषयमा सहमति जुट्न नसकेकाले सवोच्चको आदेशमा संविधानसभा भंग हुन पुगेको थियो । 

यो पाली पनि त्यही गतिले निरन्तरता पाउने करीब पक्का छ । किनकी पछिल्लो राजनीतिक घटनाक्रमले त्यस्तै देखाएको छ । प्रमुख विषय संघियताको संख्या र नामांकनमा सत्तारुढ र प्रतिपक्षीको ओरोपित दोहोरी अन्त्य नभएसम्म देशले निकास पाउने सम्भावना देखिदैन ।

0 comments for "१ वर्ष पुग्यो त, खै संविधान ! संविधानसभा नै भंग हुन लाग्या हो ?"

Leave a reply

    Popular Posts

    Blog Archive