Published On:Monday, November 3, 2014
Posted by dadad

मकवानपुरमा ट्रक दुर्घटना मर्नेको संख्या ७ पुग्यो , ९ भन्दा बढि घाईते

मकवानपुर, कात्तिक १८–  मकवानपुरको चुरियामाईमा ट्रक पल्टिँदा ७ जना मजदुरको ज्यान गएको छ । ९ जना घाईते भएका छन् ।
सर्लाहीको करुणा १ बाट ईट्टा लिएर चितवनका लागि छुटेको  ना ४ ख १२५२ नंम्बरको ट्रक चुरियामाईमा पल्टिँदा ईंट्टाले थिचिएर उनीहरुको ज्यान गएको हो । दुर्घटनामा सर्लाही औरही गाबिस वडानंम्बर ८ का सियाराम महतो, झगु महतो, जीत पासवान, रामबली माझी, बिशेष यादब, जंङगीलाल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एकजनाको नाम खुलेको छैन ।
सर्लाहीबाट चितवनमा धान काट्नका लागि हिँडेका मजदुरहरु ट्रकको पछिल्तिर ईंट्टामा त्रिपालले छोपिएर बसेका थिए । घाईतेहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । धान काट्न हिँडेका आफुहरु भाडा सस्तो हुने भएकाले ट्रकमा चढेको र  ट्रक सहचालकले चलाएकोले दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।
साथै ३ दिन अघि मात्र मकवानपुरकै बसामाडिमा भएको सवारी दुर्घटनामा परि १० जनाको ज्यान गएको थियो ।

0 comments for "मकवानपुरमा ट्रक दुर्घटना मर्नेको संख्या ७ पुग्यो , ९ भन्दा बढि घाईते "

Leave a reply

    Popular Posts

    Blog Archive