Published On:Sunday, November 2, 2014
Posted by dadad
नगरक्षेत्रमा घरटहरा भत्काउन सुरु
१७ कार्तिक, वीरगन्ज । वीरगन्ज उपमहागरपालिकाले सोमबारबाट नगरक्षेत्रमा अतिक्रमणविरुद्ध अभियान सुरु गरेको छ । अभियान अन्तर्गत उपमहानगरपालिकाको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको हो ।
सोबमार वीरगन्जको घन्टाघर चोकमा अतिक्रमण गरिएका घरटहरा भत्काएको छ । वीरगन्ज नगरलाई सभ्य र भव्य बनाउनका लागि उक्त अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
उनले सडक अतिक्रमण गरी जथाभावी घर तथा टहरासमेत बनाइएका कारण उक्त घर र टहरा हटाउनका लागि सार्वजनिक रुपमा नगरवासीलाई आह्वान गरेअनुसार आजबाट अभियान चलाइएको बताए । घरटहरा आफैँले हटाउन यसअघि सूचना आह्वान भए पनि सुनुवाइ नभएपछि घरटहरा भत्काउन थालिएको हो । रासस