Published On:Wednesday, November 19, 2014
Posted by dadad

महासंघको केन्द्रीय सदस्यको रेडियोले पत्रकार रुवाउँदै

३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले राजधानीको गोर्खा एफ्.एम्. ९३ मेगाहर्जको व्यवस्थापन पक्षलाई तत्काल नियमित पारीश्रमिक र नियुक्तिपत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिंह लामा स्टेशन म्यानेजर रहेको गोर्खा ग्रुपद्धारा संचालित सो रेडियोमा  कार्यरत पत्रकारहरुले विगत ५ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । श्रमजीवि पत्रकारहरुको हकहितका लागि मुद्धा बनाउँदै महासंघको केन्द्रीय सदस्य बनेका लामाले आफ्नै मिडिया हाउसमा पारिश्रमिक उपलब्ध गराउन नसकेको घटनाले निक्कै नै ठुलो अर्थ लिएको छ ।
 ‘५ हजारमा काम लगाउँछन्, 
त्यो पनि ५ महिनादेखीको पारिश्रमिक पाएको छैन’
समाचार कक्षमा कार्यरत ५, प्राविधिक कक्षमा कार्यरत ३ र अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरुले लामो समयसम्म पारिश्रमिक पाउन नसक्दा दैनिकी गुजार्नका लागि निक्कै समस्या परेको त्यहाँ कार्यरत पत्रकारहरुले गुनासो गरेका छन् । 

मिडिया हाउसमा कार्यरत पत्रकारहरुलाई न्युनतम १० हजार ८ रुपैयाँ उपलब्ध गराउनुपर्ने प्रावधान भएपनि गोर्खा एफएमले  न्युनतम ५ हजारदेखी पत्रकारहरुलाई काममा लगाउँदै आएको छ । तलब थोरै र  त्यो पनि नियमित नदिने गरेपछि पत्रकारहरु निक्कै समस्यामा परेको भन्दै महासंघ काठमाडौं शाखाले दुःख व्यक्त गरेको छ ।

सो एफएमले १ वर्षभन्दा पहिले नै रेडियो छाडिसकेकाहरुलाई पनि पारिश्रमिक उपलब्ध गराउन सकेको छैन । १ जनाको ८ हजारदेखी करीब ३५ हजारसम्म रेडियोले अहिलेसम्म पारिश्रमिक उपलब्ध गराउन नसकेको नाम नभन्ने सर्तमा कर्मचारीहरुले बताएका छन् । 

पत्रकार महासंघका प्रतिनिधिसँग
बुधबार रेडियोमा अनुगमन गरेसँगै महासंघले तत्काल पारिश्रमिक र नियुक्तिपत्र उपलब्ध गराउन र नगराएमा आन्दोलनमा उत्रन पत्रकारहरुलाई आग्रह गरेको छ । अनुगमनका लागि रेडियोमा महासंघका केन्द्रीय सदस्य रोशन पुरी, दिपेन्द्र कुँवर र प्रदिप न्यौपाने गएका थिए । 

‘दशैं तिहारमा पनि घरम त जा भन्यो, घर जाने भाडा १ हजार पनि नदिएपछि अत्यन्दै दुःख लागेको छ’ एक कर्मचारीले बताए । गोर्खा एफएमले विभिन्न बहाना देखाएर आफुहरुलाई ललिपपको लोप मात्रै देखाउने गरेको कर्मचारीहरुले गुनासो गरेका छन् । 

यसअघि महासंघले कान्तिपुर दैनिक, सामुदायीक रेडियो नेटवर्क (सीआईएन), माउन्टेन टेलिभिजन लगायत विभिन्न संचार माध्यमबहरुमा अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा ऐन कानुनको अवस्था निक्कै नाजुक रहेको पाईएको महासंघले जनाएको छ ।

0 comments for "महासंघको केन्द्रीय सदस्यको रेडियोले पत्रकार रुवाउँदै "

Leave a reply

    Popular Posts

    Blog Archive