Published On:Wednesday, November 19, 2014
Posted by Tekman Shakya
सरकार हाम्रो राहदानी खोई ?
![]() |
कृष्ण आचार्य, |
राहदानी । यो शव्द धेरैलाई थाहा छ तर यहाँ भित्र यस्ता–यस्ता कुरा पनि हुँदा रैछन त्यो तपाई धेरैलाई थाहा नहुन सक्छ । राहदानी सरकारबाट जनतालाई दिइने एक प्रकारको परिचय पत्र हो । सो दिए बापत सरकारले राजश्व लिन्छ र यसैको माध्यमबाट नेपाली भएको प्रमाणीत अरु देशमा हुन्छ । तर यहि राहदानी भित्र यस्ता भयानक कुरा पनि घटिरहेका छन जसमा मिडिया र कसैको पनि ध्यान जान सकेको छैन ।
जास्ले पर्छ उही मर्छ भने झै पर्नेलाई मात्र त्यो सहन परेको छ । यस्तै एउटा घटना जसको आज यहाँ विस्तार गरीको छ । तपाइले अनुमान लगाउन सक्नुहुने छ नेपालमा के के समेत सजिलै हुँदो रैछ भन्ने कुरा । र सरकारी निकाय कति सम्म गौर जिम्मेवारी हुँदा रैछन भन्ने कुरा समेत ।

अन्तिम पटक यहि कात्तिकमा राहदानी लिन फेरी बागलुङ जिल्ला प्रशासन कार्यालयमा आउँदा उनको राहदानी लिनको लागि काठमाण्डौ जानु पर्ने भनि सिफारीस सहितको पत्र उनको हातमा ठमाइदियो । यसरी राहदानी हराएका उनी एक्ला होइनन् उनी लगाएत १२ जनाको राहदानी कता गए कस्ले लगे कसैलाई पनि अत्तो पत्तो छैन ।
उल्टै अनावश्यक झन्झड बल्झाएर आज सम्म पनि उनीहरुलाई राहदानी दिन सकेको छैन जिल्ला प्रशासन कार्यालय बागलुङ । उनीहरुको दावी छ केन्द्रबाट नाम मात्र पठाएको तर राहदानी पठाएको छैन ।
घटना क्रम हेर्दा राहदानी असारको अन्तीम साता पोखरा केन्द्रमा त्यहाका नासु राजेश पौडेलले त्यस क्षेत्रका जिल्लाहरुको राहदानी बुझिलिएको प्रमाण राहदानी विभागमा छ । जसको प्रति हामी सँग पनि सुरक्षित छ । पोखरा लगे पछि त्यहा बाट ४ सय ६ थान राहदानी बागलुङका शाखा अधिकृत दिपक पौडेलले बुझिलिएको र हस्ताक्षर गरिदिएको समेत प्रमाण राहदानी विभागमा छ । बागलुङका शाखा अधिकृतका अनुसार राहदानी एउटा प्याकमा हुने भएको हुँदा विचमा केहि गर्न नमिल्ने भनाइ छ ।
साथै उनले राहदानी केन्द्रबाट नपठाएको बताउछन । तर केन्द्रले त्यस्तो भुल नभएको र राहदानी केन्द्रबाट पठाइ सकिएको र फेरी दिन नमिल्ने पत्र पुन बागलुङलाई पठाएको छ । उता बागलुङले आफुकोमा राहदनाी नआएको र आफुहरुले दिन नसक्ने बताएको छ । उनीहरुको यो जुहारीले जयश्वर लगाएर अन्यको विचल्ली भएको छ । राहदानीकै लागि सदरमुकाम आँउदा र केन्द्रमा आँउदा हजारौं खर्च भइसकेको र राहदानी समेत नपाएको उनीहरुको गुनासो छ ।

यता राहदानी विभागका प्रमुख लोकबहादुर थापाले यस्ता घटना पटक पटक भइरहेको हुँदा यसलाई समाधान गर्न आफुहरु लागि परेको बताएका छन । साथै आगामि दिनमा राहदानी लैजाने र दिने दुवैले राहदानी गनेर र रुजु गरेर मात्र दिनु र लिनु पर्ने बताए ।
यहि विषयमा राहदानी विभागमा हामीले बुझ्दा यो समस्या जस्तै भएको र यसलाइ समाधानको लागि पहल गर्न लागि परेको जानकारी आएको छ । साथै राहदानी बुझि लिने र दिने विच सोधपुछ गरिएको समेत जानकारीमा आएको छ । तर ति हराएका राहदानी कता गए कस्ले लगे भन्ने आज सम्म अत्तो पत्तो छैन ।

काठमाण्डौबाट राहदानी लिएर जानेले विचमा राहदानी केहि गर्न पनि सक्ने सम्भावना छ भने पोखराबाट बुझि लिए पछि पनि केहि हुन सक्ने अनुमान लगाउन सकिन्छ । राहदानी विभागका प्रमुखको पनि यस्तै भनाइ छ । तर यस्तो घटना बागलुङको मात्र होइन अन्य जिल्लाहरुमा पनि दोहोरीरहेको छ । जुन देशको लागि भयान हुन सक्छ ।
राहदानी हराउदा त्यो राहदानी अरु कसैले प्रयोग गरि त्यस बाट आतंककारी गतिविधि सञ्चलान गर्न सक्ने प्रमुख सम्भावना छ । नेपाली राहदानी प्रयोग गरि विभिन्न देशमा पुगेका तथा त्यहा यस्तै गतिविधि सञ्चालन गरेकाहरुको बारेमा समाचार पनि पहिला आउने गरेको थियो । के त्यसको सूरुवात यहि हो त ? राहदानी हराए पछि त्यसलाई रद्ध गरि नयाँ राहदानी दिने प्रचलनले देश सुरक्षा माथीनै प्रश्न उठाउने हो कि यो सवाल प्रमुख रुपमा आउदछ ।
राहदानी विभाग बाट सम्बन्धीत ठाउमा पुग्दा सम्म जसरी ति राहदानीहरु हराय त्यसले के विचमा सरकारी कर्मचारीको मिलेमोतोमा राहदानी विक्रि वितरण त भएन ? यो प्रमुख सवाल हो । यसका विषयमा छानविन हुनु जरुरी छ । दिनेले पनि हावाको भरमा कर्मचारीलाई दिने र लिने ले पनि दिनेले जे दिन्छ त्यसैमा विश्वास मानी लिने यसले गर्दा राहदानी दुरुपयो भएको हुन सक्ने सम्भावना छ ।

राहदानी विभागले दिएको पत्रमा हामी कहाँ राहदानी छैन त्यहि बाट खोजि उपलव्ध गराउनु भन्ने व्यहोराको पत्र लिएर गएका जयश्वरको आजको मिति सम्म राहदानी कता छ कहिले पाउछन भन्ने केहि अत्तो पत्तो छैन । उनी मात्र होईन यो समस्याले देशका अन्य जिल्ला मा पनि सेवा ग्राहीहरु मर्कामा परिरहेका छन जसको समाधान छिटो भन्दा छिटो खोजिनु पर्छ ।
सरकारी निकाय भएर मैखिक रुपमा हुने यस प्रकारका क्रियाकलापलाई बैधानिकता प्रदान गर्न र जिम्मेवार बन्न साथै जनताको नासो जनाता सम्म सुरक्षीत पुराउनको लागि समेत जरुरी छ ।
सरकारी निकाय भएर मैखिक रुपमा हुने यस प्रकारका क्रियाकलापलाई बैधानिकता प्रदान गर्न र जिम्मेवार बन्न साथै जनताको नासो जनाता सम्म सुरक्षीत पुराउनको लागि समेत जरुरी छ ।
साथै यस प्रकारका घटना पटक पटक दोहोरीन नदिनको लागि राहदानी जिल्ला जिल्लामा पठाउदा पनि सुरक्षाको व्यवस्था गरिनु पर्दछ । यस अबधिमा दुख पाउने तथा राहदानी समयमा नपाउने सेवाग्राहरुलाई सरकारले क्षतिपुर्ति दिनु पर्छ कि पर्दैन ? हाम्रो र सबै नेपालीको चाहना मात्र यत्ती हो जनताले तिरेको कर बाट तलव खाने सरकारी कर्मचारी यसरी गौर जिम्मेवारी पन देखाउनु भएन । जनता प्रति उत्तरदायी बन्नु पर्छ ।