Published On:Wednesday, November 19, 2014
Posted by dadad

दुई तिहाईको दम्भ देखाए परिणाम नराम्रोः ३५ जनवर्गीय संगठन

३ मंसिर, काठमाडौं ।  सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेसँग पछिल्लो समय रुष्ट बन्दै आएको एकीकृत नेकपा माओवादी समर्थित ३५ वटा जनवर्गीय संगठनहरुले दुई तिहाईको दम्भ देखाउने प्रयास भए त्यसको परीणाम नराम्रो हुने चेतावनी दिएका छन् ।

जनवर्गीय संगठनहरको संयूक्त राष्ट्रिय मोर्चाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर पहिचान पक्षधर शक्तिलाई पेलेरै भएपनि अन्त्य गर्ने काँग्रेस र एमालेले रणनीति रचेको बताएको छ ।

दुई तिहाई बहुमतका आधारमा संविधान जारी गर्न खोजिए सशक्त प्रतिकारमा उत्रने मोर्चाको चेतावनी छ । विगतमा भएका १२ वुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायत विभिन्न आन्दोलनमा भएका सहमतिहरुलाई लत्याएर अघि बढे त्यसको परिणाम राम्रो नहुने बताएको छ ।

मोर्चाका महासचिव गोपाल किराँतीले बहुमतको दम्भ देखाएर काँग्रेस–एमालेले संविधान जारी गरे त्यो अन्तरिम संविधानको समेत खिलाफमा हुने भन्दै आफूहरु अदालत जाने चुनौती दिनुभयो । बहुमतको दम्भ देखाएर काँग्रेस–एमालेले जनविरोधी संविधान जारी गरे आफुहरु बाध्य भएर त्यसको विरुद्धमा स्वायत्त जनसरकार घोषणा गर्ने र समानान्तर राज्य चलाउने उहाँले बताउनुभयो ।

मोर्चाले सार्वजनिक गरेको निर्णयहरुमा परिवर्तन र पहिचान सहितको संविधानजारी नगरे सशक्तआन्दोलनगर्ने, जनविरोधी संविधानजारी गरिए स्वायत्त सरकार गठन गर्ने, संघिय गणतान्त्रिक मोर्चा र श्री पद्मरत्नतुलाधरको नेतृत्वको आदिवासीजनजातिमोर्चाविच सहकार्य गर्ने, दुई महिनाको लागिअध्यक्ष प्रचण्डवारे नकारात्मक टिकाटिप्पणी बन्दगर्ने लगायतका रहेका छन् ।

0 comments for "दुई तिहाईको दम्भ देखाए परिणाम नराम्रोः ३५ जनवर्गीय संगठन "

Leave a reply

    Popular Posts

    Blog Archive