Published On:Wednesday, November 19, 2014
Posted by dadad
आत्मालोचना नगरे बैठकमा जादैनौँः विप्लव
नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अहिले आफ्नो पार्टीमा रहेको बहस देशको संकट समाधानका विषयमा केन्द्रित भएको बताएका छन् ।
उनले संवाद डवलीमा पत्रकार सम्मलेन गर्दै भने, ‘नेपालमा शान्ति सहमतिअनुसार माओवादीलाई धोका भयो भनेर त्यसलाई प्रतिवाद गर्न खोजेका हौ ।’
उनले संवाद डवलीमा पत्रकार सम्मलेन गर्दै भने, ‘नेपालमा शान्ति सहमतिअनुसार माओवादीलाई धोका भयो भनेर त्यसलाई प्रतिवाद गर्न खोजेका हौ ।’
शान्ति प्रक्रियाको केन्द्रमा माओवादी रहेको बताउँदै उनले पार्टी अन्तरक्रिया गर्ने पार्टीमा केन्द्रित हुन नहुने र कर्णाली नदीजस्तो बग्ने हुन पर्ने दावी गरे । उनले पार्टी बाहिर हल्ला चलेजस्तो पार्टी फुटका लागि नभएको दावी गरे । ‘हामी पार्टी फुटाउन नभई विशेष महाधिवेशन गरी अघि बढौ भन्ने पक्षमा छौ’ उनले भने ।
सचिव चन्दले अर्को प्रसंगमा अहिलेकै अवस्थामा पार्टी अध्यक्ष किरणले आफूहरुलाई लगाएको आरोपप्रति आत्माचना नगरी बोलाएको बैठकमा जान नसकिने बताएका छन् । ‘हामीहरुमाथि लगाएको फुटपरस्त र स्पष्टिकरणको हल्ला आत्मालोचना सहित फिर्ता नलिए बोलाउने भनिएको केन्द्रीय समितिको बैठकमा हामीहरु जादैनौं’ चन्दले भने ।
कपिलवस्तुमा पार्टीमा दुई लाइन संघर्ष भएकै कारण विचार मिल्ने साथीहरुबीच अन्तरक्रिया मात्र गरेको बताए । ‘हाम्र पार्टीमा दुई लाइन संघर्ष चलिरहेको छ, हामी विचार मिल्ने साथीहरुबीच कपिलवस्तुमा भेला भएर छलफल गरेर काठमाडौंमा आउँदै थियौं, किरण–वादल जिहरु अत्यन्तै संकिर्ण, असहिशुण, अपरिपक्क ढंगबाट स्पष्टिकरण सोध्ने, पार्टी लाइन विपरित जस्ता कुरा गर्नुभयो, स्पष्टिकरण सहित उहाँहरुले बोलाएको केन्द्रीय समितिको बैठकमा जादैनौं’ चन्दले भने ।
पत्रकार उनले सम्मेलनमा वितरित प्रेस विज्ञाप्तीमा ‘क. किरण र क. वादलले वक्तव्य मार्फत हाम्रा पक्षधर कमरेडहरुलाई ३ गतेसम्म अनावश्यक स्पष्टिकरण माग गर्नु हास्यास्पद भएको बताए ।