Published On:Tuesday, November 18, 2014
Posted by dadad
बैंकका गार्डलाई गोली हानी २० लाख लुटियो
०१ मंसिर, रौतहट । करीब चार पाँच जनाको लुटेरा समुहले रौतहटको चन्द्रनिगाहापुरमा रहेको एसबीआई बैंकबाट २० लाख रुपैयाँ लुटेको छ ।
उनीहरुले गोली प्रहार गर्दै बैंकका सुरक्षा गार्ड र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक लुटेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट सुरक्षा गार्ड शेरबहादुर कार्की घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कार्कीको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै रहेका बैकका अर्का कर्मचारी उज्जवल रिजाललाई पनि लुटेराहरुको समूहले कुटपिट गरेको छ ।
यस्तै, लुटेरा समूहका एकजनालाई प्रहरीले खुट्टामा गोली लागेको अवस्थामा पक्राउ गरेको छ । सिन्धुली पिपलमाडी ३ चैनपुरका नारायण राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।