Published On:Tuesday, November 18, 2014
Posted by dadad
काँग्रेस एमालेको अंकगणितीय दम्भले संविधान बन्दैनः प्रचण्ड
२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको सहमति र सम्झौतालाई लत्याउन खोजे संविधान लेखन प्रक्रिया जटिल मोडमा पुग्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले मंगलबाार बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सहमतिको प्रक्रियालाई अगाडि बढाउने भन्दा पनि पछिल्लो दिनमा अङ्क गणितको दम्भ देखिएका कारण समस्या बढेको बताए ।
प्रमुख दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति तथा सम्झौतालाई लत्याएर सरकारमा रहेका दलहरु अगाडि बढ्न खोजेका कारण समस्या पैदा हुन्छ कि भन्ने स्थिति देखिएको उनको भनाई छ ।
सबै वर्ग तथा पक्षले अपनत्व महसुस गर्ने गरी संविधान निर्माण हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी हदैसम्म त्याग गर्न तत्पर भएपनि काँग्रेस र एमाले सहमतिभन्दा पनि बहुमतको खेलमा लागेको अध्यक्ष दाहालको आरोप छ ।
संविधानसभामा सत्तापक्ष र प्रतिपक्ष नहुने भएपनि सत्तारुढ दलले विभाजनको रेखा कोरेको र सहमतीय प्रक्रिया अगाडि बढ्न नदिएर स्थितिलाई उत्तेजक बनाउने प्रयत्नमा लागेको उनले बताए ।
जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र विभिन्न समयमा भएका सङ्घर्षको मूल मर्म र भावनालाई आत्मसात् गर्न नसक्ने संविधान बन्नु र नबन्नुको कुनै अर्थ नहुने भन्दै अध्यक्ष दाहालले भने,‘काँग्रेस र एमाले २०४७ सालकै संविधानलाई तलमाथि गर्ने प्रयत्नमा लागेका छन् जुन हामीलाई स्वीकार्य छैन ।’
मुलुक राजनीतिक दुर्घटनामा पर्ने सम्भावना बढ्दै गएको तर्क गर्दै उनले सोमबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा काँग्रेस र एमालेले देखाएको व्यवहार सहमतीय संस्कार विपरीत रहेको बताए ।