Published On:Tuesday, November 18, 2014
Posted by dadad
मलेसियामा ३० नेपाली कामदार बेपत्ता
२ मंसिर, क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित सुपरम्यान ग्लोब कम्पनीमा कार्यत ३० जना नेपाली लगायत १ सय २० जना कामदारलाई गत नोभेम्बर १२ देखि उक्त कम्पनीले बेपत्ता बनाई अज्ञात स्थलमा राखेको जानकारी प्राप्त भएको छ ।
कम्पनीमा कार्यरत एक कामदारका अनुसार २ जना नेपालीको जीवन नै समाप्त पारिएको आशंका गर्दै मानव अधिकार तथा शान्ति समाजले विज्ञप्ती निकालेर आफुहरु स्तब्ध भएको जनाएको छ ।
खाडी लगायतका मुलुकहरुमा नेपाली कामदारमाथि ज्यादती हुने गरेको समाचारका श्रृखंलाहरु सार्वजनिक भइरहेको सन्दर्भमा मलेसियामा कार्यरत नेपाली लगायतका कामदाहरुप्रति भएको यस प्रकारको ज्यादती र अमानवीय कृत्यकोबारेमा सत्य तथ्य पत्ता लगाई कामदारहरुको उद्दारका लागि तत्काल पहलकदमी गर्न समाजले सरकारसँग आग्रह गरेको छ ।
समाजका महासचिव उत्तम पुडासैनीले विज्ञप्ती निकालेर मलेसियामा ३० नेपाली कामदार बेपत्ता उद्धारका लागि आग्रह मलेसियाको क्वालालम्पुर स्थित सुपरम्यान ग्लोब कम्पनीमा कार्यत ३० जना नेपाली लगायत १२० जना कामदारलाई तत्काल उद्धार गर्न आग्रह गरेका हुन् ।