Published On:Sunday, November 2, 2014
Posted by dadad

तथ्याङ्क वेवसाइटमा राख्न जलस्रोत समितिको निर्देशन

१६ कार्तिक, काठमाडौं । व्यवस्थापिका संसद् अन्तर्गत कृषि तथा जलस्रोत समितिले सबै तथ्याङ्क वेवसाइटमा राख्न कृषि मन्त्रालालाई निर्देशन दिएको छ । समितिको आईतबार बसेको बैठकले कृषि विकास मन्त्रालयबाट प्रदान गरिने अनुदानलाई पारदर्शी बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले मन्त्रालयबाट प्रदान गरिएको अघिल्लो र चालु आर्थिक वर्षको सबै विवरण मन्त्रालयलाई उपलब्ध गराउन समेत  निर्देशन दिएको छ ।

सरकारले कृषि विकास मन्त्रालय मार्फत ४२ वटा शीर्षकमा चालु आर्थिक वर्षका लागि १३ अर्ब रुपैयाँ अनुदानका लागि रकम विनियोजन गरेको छ । सरकारले कृषि क्षेत्रको विकास र उत्पादकत्व बढाउनका लागि कृषकलाई प्रदान गरेको अनुदानको दुरुपयोग भएको तथा खर्चको पारदर्शिता नभएको विषयमा टीकाटिप्पणी भएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले स्थानीय तहसम्म जाने अनुदानका बारेमा कृषकलाई जानकारी गराउन तथा अनुदानको रकम दुरुपयोग हुनबाट रोक्न मन्त्रालय, विभाग, जिल्लास्तरीय कार्यालय हँुदै स्थानीय निकायसम्म तत्कालै छलफल कार्यक्रम चलाउने निर्णय समेत गरेको छ ।

0 comments for "तथ्याङ्क वेवसाइटमा राख्न जलस्रोत समितिको निर्देशन"

Leave a reply

    Popular Posts

    Blog Archive