Published On:Sunday, November 2, 2014
Posted by dadad

संविधान नआएसम्म आन्दोलन नगर्नुः प्रधानमन्त्री कोइराला

१६ कार्तिक, काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालले आगामी संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्नुपर्ने माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री शुशिल कोइराला समक्ष पेश गरेका छन् ।

महासङ्घका प्रतिनिधिहरुले आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ख्रिष्टियन समुदायको मृत्यु संस्कारको विषयलाई मध्यनजर गरी उपत्यका लगायत देशभरका सबै जिल्लाहरुमा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्ने लगायतका चार सूत्रीय माग सहितको ज्ञापनपत्र प्रस्तुत गरेका थिए । 

भेटमा प्रधानमन्त्री कोइरालाले संविधान जारी नहुँदासम्म कुनै पनि आन्दोलन नगर्न आग्रह गरेका छन् । महासङ्घका महासचिव सिवी गहतराजले सरकार र महासङ्घबीच २०६८ वैशाख १८ गते भएको तीन बुँदे सहमतिलगायत पटक–पटक भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘ख्रिष्टियन समुदायका आफ्ना मागसहितको ज्ञापनपत्र पटक–पटक बुझाउँदा समेत सुनुवाइ भएको छैन, अबको हप्तादिनभित्रमा माग पूरा नभएको खण्डमा देशव्यापी आन्दोलनको थालनी गर्नुको विकल्प छैन ।’ महासङ्घले विभिन्न मागसहितको ज्ञापनपत्र मन्त्री तथा विभिन्न राजनीतिक दलका नेतासमक्ष प्रस्तुत गरिसकेको छ ।  रासस

0 comments for "संविधान नआएसम्म आन्दोलन नगर्नुः प्रधानमन्त्री कोइराला"

Leave a reply

    Popular Posts

    Blog Archive