Published On:Wednesday, November 19, 2014
Posted by dadad

धादिङको जेठो क्याम्पस निलकण्ठमा मानवीकी संकायको पढाई अन्यौलमा

बाबुराम श्रेष्ठ,
धादिङवेशी । धादिङ जिल्लाकै पहिलो र जेठो क्याम्पस श्री नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा अहिले सम्म मानवीकी संकाय तर्फ पठन पाठन हुन सकेको छैन् । विगत ४ बर्ष देखि मानवीकी संकायमा उच्च माध्यमिक तहसम्म अध्यापन गराए पनि विद्यार्थी र विद्यालयको भौतिक तथा आर्थिक समस्याले गर्दा क्याम्पसमा स्नातक तहमा पढाई हुन नसकेको नीलकण्ठ बहुमुखी क्यामपसका प्रमुख भुपेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । २०५७ सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तह वि.एड र वि वि एस गरी २ विषयमा भने सम्बन्धन लिई स्नातक तह अध्यापन गराउँदै आई रहेको छ । 

क्याम्पसमा पत्रकारिता विषय पढाउन विद्यार्थीहरुले पटक पटक माग गरेको र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले बिशेष अनुरोध गरे पछि पत्रकारिता नै विषय क्याम्पसमा ल्याउन नसकेकाले स्नातक तहमा अध्यापन गराउन निकै समस्या भएको श्रेष्ठको भनाई छ ।

मानवीकी  संकाय विषय ल्याउने क्रममा सुरुमा ५० हजारको धरौटी राखी ५ लाख त्रिविलाई बुझाउनु पर्ने ब्यबस्था रहेको छ । २०७० सालमा त्रिभुवन विश्व विद्यालयले अनुगमन गरेपछि त्रिविले यस बहुमुखीे क्याम्पसलाई पत्रकारिता विषय पढाउनको लागि मेजर विषयहरु पत्रकारिता, समाज शास्त्र र अङगे्रजी गरी ३ वटा विषयहरुलाई स्बीकृत दिएको छ ।

नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले स्नातक तहमा पत्रकारिता विषय पढाउन २०७० माघ महिनाबाट अनुमति पाएको भए पनि अहिले सम्म पत्रकारिता सञ्चालन नहुँदा विद्यार्थीहरु भने ठुलो मारमा परेका छन् । यस संकायमा अध्ययन गर्न विद्यार्थीहरु काठमाण्डौ जानु पर्ने बाध्यता रहेको छ । प्लस २ पास पछि स्नातक तहमा मानवीय संकाय तर्फ पढ्ने विद्यार्थीहरुको संख्या नभएकाले कक्षा सञ्चालन गर्न निकै समस्या भएको नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका प्रमुख भुपेन्द्र कुमार श्रेष्ठले बताए ।

प्लस २ पास गर्ने धेरै विद्यार्थीहरुले स्नातक तहमा पत्रकारिता विषय पढ्न खासै ध्यान दिएको छैन् । यस बहुमुखी क्याम्पसमा पत्रकारिताको भविष्य, महत्वको बारेमा विज्ञ शिक्षकहरुले पत्रकारिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराई सकेको भए पनि अघिल्लो बर्षमा भने यस संकायमा पढ्न चाहने विद्यार्थीहरुको संख्या २ जना मात्र रहेको थियो ।

विद्यार्थीहरुले चाहना गरे क्याम्पस जुन सुकै समयमा पनि यस संकाय पढाउन तयारी अवस्थामा रहेको छ । अर्को तर्फ विद्यार्थीहरुले भने पत्रकारितामा विषय प्लस २ सम्म मात्र पढाउने हो भने यस विषय नै खारेज गर्नु पर्ने विद्यार्थीहरुको भनाई छ ।

0 comments for "धादिङको जेठो क्याम्पस निलकण्ठमा मानवीकी संकायको पढाई अन्यौलमा"

Leave a reply

    Popular Posts

    Blog Archive