Published On:Thursday, November 20, 2014
Posted by dadad
यस वर्षको एसएलसी परीक्षा चैत्र ७ गतेदेखी हुने
४ मंसिर, काठमाडौं । यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षा चैत्र ५ गते देखी हुने भएको छ । बिहीबार बिहान बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले चैत्र ५ देखि १६ गतेसम्म परीक्षा लिने निर्णय गरेको हो ।यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि सैंद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । १३ गतेसम्म सैद्धान्तिक बिषयको परीक्षा हुनेछ ।
प्रयोगात्मक विषयको पनि परीक्षा हुने भएकोले यो पटकको एसएलसी १६ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिए । माध्यमिक तहमा ३ वटा विषयमा प्रयोगात्मक अध्ययन हुन्छ । गत वर्ष चैत्र ६ गतेदेखि १२ गते सम्म एसएलसी परीक्षा भएको थियो ।
परीक्षाको तालिका
चैत ५ गते–अनिवार्य अंग्रेजी
चैत ६ गते–अनिवार्य नेपाली
चैत ८गते – मा गणित
चैत ९ गते– मा विज्ञान
चैत १० गते– सामाजिक
चैत ११ गते–स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ गते– ऐच्छिक प्रथम
चैत १३ गते–ऐच्छिक दोस्रो