Published On:Monday, November 17, 2014
Posted by dadad
प्रधानमन्त्री कोईरालाका काँहिला भाईको निधन
२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शुशिल कोइरालाका सहोदर काँहिला भाई अरुण कोइरालाको मृत्यु भएको छ । नेपाली काँग्रेस बाँकेका जिल्ला कार्य समिति सभापति समेत रहेका कोइरालाको मंगलबार विहान नयाँ दिल्लीमा निधन भएको हो ।
करीब डेढ महिनादेखि निमोनिया रोगबाट बिरामी परेका कोइरालाको उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेसले जनाएको छ ।
कोइरालालाई फोक्सोले काम गर्न छाडेपछि थप उपचारका लागि नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । कोइरालाको शव मंगलबार नै नेपाल ल्याउने तयारी भैरहेको र मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।